स्व.निर्मलाको शान्तीको कामना गर्दै बास द्धारा मौन धारण

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  चैत्र १० गते माटो निकाल्ने क्रममा माटोमुनि च्यापिएर मृत्यु भएकी निर्मला ओझाको शान्तीको कामना गर्दै बास नेपाल स्वयंसेवक बिभागले मौन धारण गरेको छ ।

बास नेपाल डाटी शाखामा स्वयंसेवकको रुपमा काम गरेकी शिखर नगरपालिका वडा नम्बर ९ डोटीकी निर्मला ओझा रोस्याराको आज १३ औं पुन्य तिथिमा नेपालगञ्जमा बास नेपाल स्वयंसेवक बिभागले श्रद्धाञ्जली सभाको आयोजना गरी १ मिनेट मौन धारण गरेको हो ।

मौनधारण पश्चात श्रद्धाञ्जली सभामा बास नेपालका निर्देशक हेमराज भट्ट र बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौलाले मृतकको चिर शान्तीको कामना गर्दै यस दुखद घडिमा शोक सन्तप्त परिवारजनमा समबेदना प्रकट गरेका थिए ।

मृतक निर्मलाको पारिवारीक अवस्था कमजोर भएकाले बास नेपाल डोटी शाखाका साथै बास नेपालको केन्द्रीय कार्यालय र बास नेपाल स्वयंसेवक बिभागले राहत संकलन गरी मृतकको परिवारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

कार्यक्रम बास नेपाल स्वयंसेवक बिभाग प्रमुख तथा बासका केन्द्रीय सदस्य तपेन्द्र मलातीले सञ्चालन गरेका थिए ।

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech