एसपिहरुको सरुवा

बाँकेका प्रहरी प्रमुख फेरिए, एसपि बोहराको सरुवा, तुलबहादुर कार्की बाँके आउँदै

असल शासन प्रतिनिधि

काठमाडौं/ नेपाल प्रहरीका ७ एसपिहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रवार  एसपीहरुलाई अवधि नपुग्दै सरुवा गरेको हो।

जसमा दयानिधी ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट नेपाल प्रहरी केन्द्रिय विषेश कार्यालय काठमाडौंमा तानिएको छ। यस्तै सन्जय सिंह थापालाई नुवाकोटबाट तानेर मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

उनलाई नेपालकै पछिल्लो चर्चित सुनकाण्डमा पनि संलग्न रहेको भन्दै कारबाही सिफारिस गरिएको थियो। यस्तै एसपी सुवास चन्द्र बोहरालाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरुवा गरे मधेश प्रदेश प्रहरीमै पठाईएको छ। उनको जिम्मेवारीमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई पठाइएको छ । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा रहेका कार्कीलाई बाँकेको जिम्मेवारी दिईएको हो ।

त्यस्तै मित्रबन्धु शर्मालाई धनुषाबाट तानेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौं हालिएको छ। यस्तै श्यामकुमार राइलाई महोत्तरीबाट तानेर अपराध अनुसन्धान विद्यालय काठमाडौं, महेन्द्र कुमार श्रेष्ठलाई रौतहटबाट तानेर हेडक्वार्टरमा थन्क्याइएको छ भने सुरेश प्रसाद काफ्लेलाई बाराबाट तानेर नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेतमा पठाइएको छ।

उनीहरू महिला कर्मचारीसँगको लसपस, आर्थिक लाभ लिने लगायतका विषयमा विवादित बनेका थिए। सोही कारण उनीहरूको सरुवा भएको २ महिना नबित्दै पुनः सरुवा एवं काज गरिएको हो।

  • २३ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech