उद्घोषण पुस्तक बिमोचन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ सञ्चारकर्मी नमस्कार शाहद्वारा लिखित पुस्तक उद्घोषणको बिमोचन भएको छ ।

असल शासन मिडियाद्वारा प्रकाशित उक्त पुस्तकको शुक्रवार नेपालगञ्जमा एक कार्यक्रमका बिच बिमोचन भएको हो ।

बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, लेखक शाह, लेखक शाहका पिता लोकेन्द्र बहादुर शाह, माता रमादेबि शाह, दाजु अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, युवा उद्यमी कमल कार्की, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतले पुस्तक बिमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथी बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले उद्घोषण कलामा लाग्न चाहने व्यक्तिहरुका लागि उद्घोषण पुस्तक सहयोगी हुने बताए ।

कार्यक्रममा बोल्दै लेखक शाहका पिता श्री कालिकेश्वरी उच्च माबि अछामका पूर्ब प्राचार्य लोकेन्द्र बहादुर शाहले छोराद्वारा लिखित पुस्तक बिमोचन कार्यक्रममा सरिक हुन पाउनु गौरवको बिषय भएको बताउँदै पुस्तक उद्घोषण कलाका बारे एथेष्ठ जानकारी दिन सफल हुने बताए ।

युवा उद्यमी कमल कार्की र हरित अभियन्ता हेमन्तराज काफ्लेले उद्घोषण सिक्न चाहने व्यक्तिहरुका लागि पुस्तक सहयोगी हुने बताए ।

कार्यक्रममा असल शासन मिडिया सञ्चालक समिति सदस्य तथा बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चालक समिति सदस्य दिला शाहले गरेकि थिईन् ।

पुस्तकका लेखक तथा असल शासन मिडियाका अध्यक्ष सञ्चारकर्मी नमस्कार शाहले दुई दशक बढिको उद्घोषण अनुभव, सिकाईका आधारमा पुस्तक लेखेको बताउँदै उद्घोषण गर्न चाहने, उद्घोषण गरिरहेका व्यक्तिहरुका लागि पुस्तकले आवश्यकता परिपुर्ति गर्ने बिश्वास व्यक्त गरे ।

५० पृष्ठको उक्त पुस्तकमा उद्घोषणका बिबिध बिषयहरु समाबेश गरिएको छ । शाहको यो तेस्रो पुस्तक हो । यस अघि सुशासन र खवरदारी प्रकाशित भईसकेका छन् ।

  • २४ चैत्र २०८०, शनिबार प्रकाशित

  • Nabintech