श्रीमतीलाई धकेल्दा गयो ज्यान, श्रीमान् फरार

असल शासन प्रतिनिधि

काठमाडौँ/ संयुक्त अरब इमिरेट्स (यूएई) मा पतीले अग्लो भवनबाट धकेलेपछि अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको छ ।

अजमानस्थित चाइना मलको भवनमा कैलालीका नेत्रप्रसाद न्यौपानेसँग उनको विवाद भएको थियो । राधा र नेत्र श्रीमान्–श्रीमती हुन् ।

नेत्रले राधासँग दोस्रो बिहे गरेका थिए । पहिलो बिहे उनले गुपचुप राखेको थाहा पाएपछि मदिरा पिएको बेला उनीहरूबीच विवाद भएको बताईएको छ ।

विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गैरआवासिय नेपाली संघले जनाएको छ । घटनापछि नेत्र फरार भएका छन् । मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको र अहिले शव स्थानीय अस्पतालमा राखिएको छ ।

उनीहरु दुवै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गर्दै थप बुझ्ने काम भइरहेको बताएका छन् ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech