सडकको रेलिङ काटियो, एक्सनमा उपमहानगरपालिका

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सडकको रेलिङ काट्ने विरुद्ध एक्सन सडकको रेलिङ आफूखुसी काट्नेलाई नेपालगन्ज उपमहानगरपालिकाले कार्वाही गर्ने भएको छ ।

नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे अनुगमन गर्दै आ-आफ्नो पसल-व्यवसाय अगाडिको रेलिङ काटेका व्यवसायीलाई सात दिनभित्र पुनःनिर्माण गर्न अल्टिमेटम दिएको छ ।

निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक सम्पत्ति तोडफोड कसुर अन्तर्गत कार्वाही गरिने जनाइएको छ ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech