मकैबारीमा शिशु

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको राप्ती सोनारीमा बेवारिसे अवस्थामा नवजात शिशु भेटिएका छन् ।

बुधवार विहान राप्तीसोनारी गाउँपालिका वडा नं.८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा शिशु भेटिएका हुन् ।

शिशुलाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय ज्योति खड्का शाहको आफ्नो मकै बारीमा रोइरहेको सुनेपछि हेर्न जाँदा सालनाल सहितको बच्चा फेला पारेको हो  ।

बच्चा कस्ले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिलेसम्म केही पत्ता नलागेको बताईएको छ ।

शिशुलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरको एनआइसीयूमा प्रहरी र अस्पताल प्रशासनको संरक्षणमा राखेर उपचार भइरहेको छ ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech