६ प्रश्नमा माया थामी

असल शासन प्रतिनिधि

माया थामी
कलाकार

१. तपाईको जीवनको आर्दश के हो ?
– सहयोग, सेवा, माया, प्रेम बाँडुनु नै मेरो जीवनको आदर्श हो ।

२. कसको पे्ररणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– जिन्दगीमा घटेको घटना र सामाजिक काममा लागेर सेवा गरिरहँदा दःुखमा परेका मानिसहरूको आँखाको आँशु देखेर उनीहरुको लागि केही गर्नुपर्छ भन्ने भावनाले गर्दा म यहाँ सम्म पुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– समाज र राष्ट्रको लागि हामीले दिन सक्ने क्षमता छैन हामी मानवमा । यस धर्तिमा हामीले जन्मलिएका छौं भने सत्यकर्म गर्नु, धर्तिको ऋृण तिर्नु नै हाम्रो जिम्मेवारी हो । हामी यस धर्तिमा केही सिक्न आएका हौं । म त एउटा सानो व्यक्ति हुँ, आफैमा केही गरौं, केही गर्नुपर्छ भन्ने सोच बोकेकी छु । गर्न त आफुले केही गरे जस्तो पनि लाग्दैन तर पनि प्रयास गर्दैछु केही गर्न । समाजको लागि केही गरौं जुन कर्मले समाजमा हाम्रो मृत्युपछि पनि हामीलाई सम्झिरहोस् ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– हामी यस धर्तिमा जन्मलिए पछि कसलाई चाँहि यो संसार छोडौं भन्ने हुन्छ र ? मेरो आमा हुनु हुन्न सानैमा आमा गुमाउँदा को पिडा अनि आमा बिनाको जिन्दगी सायद हुनेलाई भन्दा नहुनेलाई धेरै गाह्रो हुने रहेछ मेरो पनि जिवनमा यस्तो समय आईदियो जुन समय मैले पनि प्राण त्याग्छु कि जस्तो लागेको थियो तर मनले सोच्दैथियो कोहि नहुनेको भगवान हुनुहुन्छ, मैले केही गर्नुछ । म साह्रै बिरामी भएको थिए आफुमा होस पनि गुमेको थियो भाग्ले म बाँचे । त्यति बेला फेरि मैले जीवन पाए भनेर त्यो समयमा जन्मदिने आमा र भगवान सम्झिएर रोएकी थिए । त्यो क्षण नै मेरो जिवनको अविस्मरणीय हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– सत्य मनले निश्वार्थ रुपले हरेक नागरिकका लागि निश्वार्थ भावनाले सरोकारवालाहरुले काम गर्नुनैं असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– प्रतिबद्धता भनेको एक प्रकारको वाचा हो, कसम हो । हामीले कसैलाई वाचा दिएपछि आफ्नो बोलीमा पनि काविल हुनुपर्दछ । बोलेको वचनहरू खेर जान दिनुहुदैन् । प्रश्नलाई सम्मान गर्दै म रहुनजेल, मेरो क्षमताले भ्याउञ्जेल, मेरो शरिरले साथ दिउञ्जेल यही समाज र राष्ट्रको लागि केही गर्ने प्रण चाहि गर्छु । मेरो अन्तिम श्वास रहुँन्जेल सेवामा लाग्ने कोशिस गर्छु ।

  • २९ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech