९औं राष्ट्रिय झण्डा दिवसको तयारी पुरा

असल शासन प्रतिनिधि

नेपालगन्ज । ९औं राष्ट्रिय झण्डा दिवसको सम्पूर्ण तयारी पुरा भएको छ । वैशाख १ गते नेपालगन्ज २० को पशुपति मन्तिर परिसरमा बेलुकी ३ बजे शुरुवात गर्ने गरी कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको हो ।
राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाध्ने गरेको कुरालाई महशुस गर्दै नेपाली नयाँ बर्षको पहिलो दिन देशको ध्वजको सम्मानका लागि झण्डा महोत्सब बर्षेनी गरिदै आएको छ ।
कार्यक्रम अन्तरगत आज भएको अन्तिम तयारी बैठकले राष्ट्रिय झण्डा महोत्सबलाई भब्यताका साथ सम्पन्न गर्ने गरी बाकि रहेको तयारी गर्ने निर्णय गरेको छ । कार्यक्रममा झण्डा महोत्सबको हाल सम्मको तयारीका बिषयमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहाले जानकारी गराएका थिए भने झण्डा दिवसको परिकल्पना तथा झण्डा महोत्सबको ब्यवस्थापका बिषयमा अन्तरालका प्रमुख कार्यकारी तथा झण्डा दिवसका परिकल्पनाकार जयनारायण शाहले जानकारी गारएका थिए ।
कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासँघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रशाद तिमिल्सिना, उपाध्यक्ष निर्मला सुधार, पूर्ब अध्यक्ष तेज बिक्रम शाहले झण्डा महोत्सब सबैको साझाँ कार्यक्रम रहेकाले कार्यक्रममा आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता गरेका थिए । सो क्रममा बासका अशोक रावल, नेपाल देउडा सास्कृतीक समाजका अध्यक्ष खगेन्द्र प्रशाद न्यौपाने, पशुपति मन्दिर क्षेत्र विकास समितिका सुरज आचार्यले स्थानीय स्तरमा भएको तयारीका बिषयमा जानकारी गराएका थिए ।
झण्डा महोत्सब सबैको साझाँ कार्यक्रम भएकाले सबैले आआफ्नो तर्फबाट भब्यताका साथ कार्यक्रम सम्पन्न गर्न पहल गर्नु अनुरोध गर्दै सबैलाई धन्यबाद बास नेपालका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रमको समापन बासका कार्यवाहक अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।


बास नेपाल र अन्तरालको आयोजना तथा नेपाल देउडा सास्कृतीक समाज र पशुपति मन्दिर क्षेत्र विकास समितिको सहकार्यमा कार्यक्रम भईरहेकोछ । नयाँ बर्षको पहिलो दिन देशको शान राष्ट्रिय झण्डा दिवसमा स्वस्फूर्त सहभागिता जनाउन सम्पूर्ण बाँके बासिहरुलाई आयोजकले अपिल गरेको छ ।
नेपालगञ्जमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गते देखि झण्डा दिवस बनाउन शुरु गरेको हो । पहिलो बर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगञ्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो बर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगञ्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो बर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगञ्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो । तेस्रो बर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने पोखरा लगाएतका स्थानहरुमा पनि दिवस बनाईएको थियो । चौथो बर्ष अन्तरालले नेपालगञ्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगञ्जको बी.पि. चौकमा मनाएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको उपस्थितीमा सम्पन्न भएको थियो । यसैगरी पाचौं बर्ष अन्तराल र बासको संयुक्त आयोजनामा नेपालगन्जको रामलिला मैदानमा नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
बास नेपालले झण्डा महोत्सब अर्थात बैशाख १ गते देशभरका ७७ औटै जिल्ला शाखामा संयुक्त कार्यक्रमको रुपमा झण्डा दिवस मनाउन सर्कुलर गरिसकेको छ ।

  • ३० चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech