नेपालगन्जको राझाँमा ९औं राष्ट्रिय झण्डा दिवस

असल शासन प्रतिनिधि

नेपालगन्ज / राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको नेपाली झण्डाको सम्मानमा नेपाली झण्डा महोत्सब तथा ९औं राष्ट्रिय झण्डा दिवस नेपालगन्जमा भब्यताका साथ मनाईएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित पशुपति मन्दिर परिसरमा बास नेपाल र अन्तरालको आयोजना तथा नेपाल देउडा सास्कृतीक समाज र पशुपति मन्दिर क्षेत्र विकास समितिको सहकार्यमा दिवस मनाईएको हो ।
नेपाली झण्डाले सबै नेपालीलाई एक शुत्रमा बाध्ने कुरालाई महशुस गर्दै नेपाली नयाँ बर्षको पहिलो दिन देशको ध्वजको सम्मानका लागि झण्डा महोत्सबलाई सबैको साझाँ कार्यक्रमको रुपमा मनाईएको हो । झण्डा दिवसको अवसरमा बोल्दै अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बर्षको पहिलो दिन नेपाली ध्वजको सम्मानका लागि झण्डा दिवसको परिकल्पना गरिएको बताए । ९ बर्ष अघि परिकल्पना गरि शुरुवात गरिएको झण्डा दिवसलाई सरकारले राष्ट्रिय झण्डा दिवसको रुपमा मान्यता दिनुपर्नेमा उनको जोड थियो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बासका पुर्वअध्यक्ष रमेश सिटौंला, हरित अभियन्ता हेमन्तराज काफ्ले, पशुपति मन्दिर क्षेत्र विकास समितिका सुरज आचार्य लगायतले झण्डा दिवसको बारेमा शुभकामना मन्तब्य राखेका थिए ।
दिवसको औपचारीक कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेकाथिए । कार्यक्रममा स्वागत तथा उद्धेश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए ।


कार्यक्रममा गायक महेन्द्र सेडाई, डान्सर मौसमी राना मगर, कलाकार जित बहादुर थापा, गायिका शुष्मा ग्रेसलगायत स्थानीय कलाकारहरुले प्रश्तुती गरेका थिए । कार्यक्रममा स्थानीय भाषा संस्कृती झल्कीने देउडा समेत प्रश्तुत गरिएको थियो । कार्यक्रमको सास्कृतीक उत्सबको सञ्चालन बास नेपालका अशोक रावलले गरेका थिए । कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० लगायत संघ संस्थाहरुको सहयोग तथा सहकार्यमा भएको थियो ।
यसैगरी बास नेपालका शाखा मार्फत देशका विभिन्न जिल्लाहरुमा झण्डा दिवस बनाईएको छ । बैशाख १ गते नयाँ बर्षको पहिलो दिन बाँके, दैलेख, कास्की, गोरखा, ललितपुर, डोटी, प्युठान, दार्चुला, जाजरकोट, बैतडी, सिराहा लगायत जिल्लाहरुमा समेत झण्डा दिवस भब्यताका साथ मनाईएको छ ।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech