असल शासन बर्ष पात्रो २०८१ बिमोचन

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपालले असल शासन बर्ष पात्रो २०८१ बिमोचन गरेको छ ।
नेपाली झण्डा महोत्मब तथा ९औं राष्ट्रिय झण्डा दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित पशुपति मन्दिर परिसरमा आयोजित भब्य कार्यक्रमका बिच बासले प्रकाशन गरेको टेवल क्यालेन्डर (असल शासन बर्ष पात्रो २०८१) बिमोचन गरिएको हो ।


कार्यक्रमका बिच बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्बतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, गैर सरकारी संस्था महासँघ नेपाल बाँकेका उपाध्यक्ष निर्मला सुनार, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, हरित अभियन्ता हेमन्तराज काफ्ले, पशुपति मन्दिर क्षेत्र विकास समितिका सुरज आचार्य, समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलाती, शोभा गुरुंग, प्रशासकीय अधिकृत शुद्ध प्रशाद चौधरी लगायतले संयुक्त रुपमा पात्रो बिमोचन गरेका थिए । बास नेपालले हरेक नयाँ बर्षमा असल शासन बर्ष पात्रो प्रकाशन गर्दै आएको छ ।

 

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech