हराएको मोटरसाईकल भेटियो

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ पछिल्लो समय नेपालगञ्जमा मोटरसाईकल चोरी बढेर गईरहेको छ ।

मोटरसाईकल चोरहरुको बिगबिगिका कारण मोटरसाईकल चोरी बढिरहेको हो ।

यसै बिच बैशाख २ गते बेलुकी ८ः०० बजेको नेपालगञ्जको काँरकाँदो स्थित बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा हराएको मोटरसाईकल प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १८ कृष्ण मन्दिर नजिकै बेवारिसे अवस्थामा उक्त मोटरसाईकल फेला पारेर एक दिन पछि मोटरसाईकल धनि बर्दिया राजापुरका सन्दिप थारुलाई प्रहरीले मोटरसाईकल बुझाएको छ ।

  • ३ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech