वडाध्यक्ष बलात्कार आरोपमा कारागार चलान

असल शासन प्रतिनिधि

वडाध्यक्ष बलात्कार आरोपमा कारागार चलान

बर्दिया/ महिला बलात्कारको आरोपमा पक्राउ परेका बर्दियाको बाँसगढि नगरपालिका वडा ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको छ ।

बास्तोलाले आफनै वडाका एक महिला माथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । पटकपटक विवादमा आईरहने बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको हो ।

नेकपा एमाले बाट वडा अध्यक्षमा उनी निर्वाचित भएका थिए । यसअघि बाँसगढी नगरपालिका वडा न. ८ का वडा अध्यक्ष महिला बलात्कारको आरोपमा पक्राउ परेका थिए । हाल उनी धरौटीमा छुटेका छन् ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech