सुदूरपश्चिमकै सबैभन्दा ठूलो कोल्ड स्टोर बन्द हुने अवस्थामा

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली), ५ बैशाख/ सुदूरपश्चिम प्रदेशकै सबै भन्दा बढी क्षमता भएको कोल्ड स्टोर ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्ड स्टोर बैंकको क्रृण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ ।

किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा २०७७ फागुनमा ३ हजार मेट्रिक टन क्षमता भएको प्रदेशकै सबै भन्दा ठुलो कोल्ड स्टोर स्थापना गरिएको थियो ।

रिज्म परियोजनाको १ करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरि सञ्चालनमा ल्याएको कोल्ड स्टोर २० करोड बढी लगानीमा तयार गरिएको हो । तर, अहिले आफ्नै ऋण समेत तिर्न नसक्दा उक्त कोल्ड स्टोर बन्द हुने अवस्था पुगेको छ ।

कोल्ड स्टोरलाई २० करोड बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष राम बहादुर रावतले बताउनु भयो । ‘बैंकमा मात्रै १६ करोड ४४ लाख ऋण छ अन्य सहकारी,बिद्यालय,सामुदायिक वन लगायतमा गरि २० करोड बढि पुुग्छ उहॉले भन्नुु भयो ‘सरकारले अनुदान पनि दिएन अहिले सम्म किसानहरूकै पैसाबाट कोल्ड स्टोर चलिरहेको छ ।’

रावतका अनुुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष ०७८/७९ र ७९/८०मा दुई पटक सम्म रातो किताबमा कोल्ड स्टोरको लागि भन्दै ९ करोड ९० लाख राखेको थियो । बिनियोजन गरेको रकम पनि कार्यनीति मिलेन भन्दै फ्रिज गयो ।

कोल्ड स्टोर सुरु भएकै वर्ष यहाँ ३ हजार ४ सय ५३ जना किसानले आफ्नो उत्पादन राखेका थिए । अहिले ६ हजार बढि किसानले उत्पादन राखेका छन ।

कैलाली, कञ्चनपुर सहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका, र रुपन्देहीको शुद्धोदन गाउँपालिका सम्मका किसान यस कोल्ड स्टोर बाट लाभान्वित छन् ।

लाभान्वित किसानहरूको संख्या बढ्दो अवस्थामा छ तर आर्थिक संकटका कारण बन्द गर्नु पर्ने सम्मको स्थिति आउदा उनीहरू चिन्तित पनि छन् ।

कोल्ड स्टोर भएर निकै सहज भएको छ कैलालीको बर्दगोरिया गाउ‘पालिकाबाट आलुको बिउ भण्डारण गर्न आएका किसान रामु चौधरीले भन्नुु भयो ‘यस पटक बर्षभरि घरमा खानलाई राखेर बेचेको पनि छुु, तर बन्द हुुने अवस्थामा स्टोर छ हामि किसानले कसरी जिविकोपार्जन गर्ने । ’

कोल्ड स्टोर भएपछि नै व्यवसायिक हिसाबले खेति सुरु गरेको बताउदै भण्डारण गर्न आएका अर्का किसान प्यारेलालाल चौधरी भन्नुुहुुन्छ ‘सिजन सकिएपछी आफैले घरमा खानलाई र पछी राम्रौ बजार मूल्य पाएको बेला बेच्नलाई हामीजस्ता किसानलाई फाईदा पुगेको थिया तर आर्थिक अभावका कारण कोल्ड स्टोर बन्द हुुने अवस्थामा छ यसलाई जोगााउनुपर्छ ।’

यस कोल्ड स्टोरमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दा गोपी राख्न मिल्ने बनाइएको छ । तर, बिद्युत् प्राधिकरणको विल समेत तिर्न नसकेपछि पटक पटक यहाँ बिद्युत् समेत काटिने गरेकोे सेयर सदस्य राजेन्द्र देवकोटाले बताउनुु भयो ।

यसरी बिद्युत् काटिदा किसानले राखेका उत्पादनहरू बिग्रन सक्ने खतरा समेत हुुने गरेको उहॉ बताउनुुहुुन्छ ।

भर्खरै मात्र किसानहरुबाटै उठाएर ८ लाख बिजुुलीको विल तिर्यौ, अध्यक्ष रावत भन्नुुहुुन्छ ‘बैंकले पनि चैत्र २० गते लिलामीका लागि बोलिसकेको छ स्टोरलाई बचाउनका लागि किसानहरुलाई नै सेयर जारी गर्ने अभियानमा लागेको छुु ।

सुुदुूरपश्चिमकै ठुुलो कोल्ड स्टोरलाई बचाउनका लागि आफुुहरुले पनि प्रयास गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत बताउनुहुुन्छ ।

कृषि प्रधान देशका रुपमा नेपाललाई चिनिन्छ नगर प्रमुुख रावत भन्नुुहुुन्छ, ‘किसानहरुलाई उत्पादन गर्न प्रोत्साहन गरिन्छ तर सोही उत्पादनलाई भण्डारण गर्नका लागि बनाईएको कोल्ड स्टोर लिलामीमा जाने अवस्थासम्म पुुग्नुु निकै दुुःखद हो यसलाई हामि सबै मिलेर बचाउनुु पर्छ ।’

कैलालीे मात्रै नभई सुुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा लगायतका कृषकहरुलाई समेत सेवा पुर्याउदै आएको कोल्डस्टोरलाई जोगाउन अन्य पालिकाहरुसंग पनि समन्वय भईरहेको उहाँले वताउनुभयो । प्रदेश सरकार संग पनि यसका लागि छलफल भईरहेको उहाले बताउनुु भयो ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech