बाहुबलीमा आगलागी

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको जानकी गाउँपालिका ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको हो । मुख्य गोदाम भने सुरक्षित रहेको छ ।

आगो निभाउन नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । करिब आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको डिएसपी डाँगीले जानकारी दिएका छन् । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech