मेयरकप जुडो प्रतियोगितामा वडा नम्बर १ प्रथम

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगपालिका बाँकेको आयोजना तथा जिल्ला जुडो संघ बाँकेको संयोजनमा सञ्चालन भएको जुडो प्रतियोगितामा वडा नम्बर १ ले प्रथम स्थान हात पारेको छ ।

बैशाख ५ गते देखि ६ गते सम्म नेपालगन्ज उपमहागरपालिका वडा नम्बर १ स्थित जुडो संघको हलमा सन्चालन भएको तेस्रो मेयर कप जुडो प्रतियोगितामा वडा नम्बर १८ ले प्रथम स्थान हात पारेको हो ।

उपमहानगरपालिका अन्तरर्गतका ६ वटा वडाबाट सहभागिता रहेको उक्त प्रतियोगितामा दोश्रो स्थान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ र तेस्रो स्थान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ ले प्राप्त गरेको छन् ।

बाँके जिल्ला जुडो संघका अध्यक्ष पदम बहादुर बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको तेस्रो मेयरकप जुडो प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्धिन राई उपस्थिति रहेको थियो भने दुई दिन सम्म सञ्चालित उक्त प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गरेर पुरुष तर्फ तिलक बस्नेत र महिला तर्फ कबिता बुढाथोकी उतकृष्ट भएका छन् ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech