नेपालगन्जमा जनप्रतिनिधि र कर्मचारीलाई तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापकिय आयाम बिषयक एक दिने तालिम प्रदान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, बास नेपालको सहजिकरण तथा सिआईजिपिको सहकार्यमा बैशाख ८ गते उक्त तालिम प्रदान गरिएको हो ।
तालिममा स्थानीय सरकार सञ्चालनका विभिन्न औजारहरु, प्रभावकारी कार्य सम्पादन, देश भरका स्थानीय तहहरुले गरेका असल अभ्यास, ऐन, नीति तथा नियम लगायतका बिषयमा नेपाल सरकारका पूर्ब सचिब तथा राष्टिय सूचना आयोगका पूर्ब प्रुमख सूचना आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण गरेका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जनप्रतिनिधि र कर्मचारीहरु बिचमा देखिएका केही अन्यौलता तालिम पश्चात हट्ने विश्वास ब्यक्त गरे । जनप्रतिनिधि र कर्मचारी सबैले आफुमा भएको कमजोरी हटाएर असल कार्य गरी पालिकालाई अब्बल बनाउन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै उपप्रमुख कमरुद्धिन राईले तालिम निकै उपयोगी भएको बताए । उनले नियम संगत रुपमा सबैले काम गरेमा प्रभावकारी कार्य हुने भन्दै ईमानदारीता र अनुशासित भएर काम गर्न सबैलाई अनुरोध गरे । पालिकाको कार्य प्रगतिकालागि तालिम उपयोगी बन्ने उनले बताए । यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काले तालिमबाट निकै उपयोगी कुराहरुको ज्ञान भएको भन्दै सिकेको कुरालाई कार्य शैलीमा देखाउन अनुरोध गरे ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । तालिममा जनप्रतिनिधि र कर्मचारी गरी ६० बढीको सहभागिता रहेको थियो ।

  • ८ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech