उपनिर्वाचनमा बालबालिका प्रयोग नगर्न सिजपको अपील

हेम राज भट्ट

नेपालगन्ज / इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न हुने उपनिर्वाचनमा वालवलकिाको प्रयोग नर्गन अपिल गरिएको छ ।
वैशाख १५ गते शनिवार भईरहेको उपनिर्वाचनमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान सिजपले सबैलाई अपिल गरेको हो । यस पटकपनि उपनिर्वाचनको बालबालिका र मानव अधिकारका क्षेत्रमा क्रियाशील नागरिक संघसंस्थाले निर्वाचन कार्यक्रम अवधिभर बाल अधिकारको दृष्टिकोणबाट विगतमा जस्तै सूक्ष्म अवलोकन र प्रर्यवेक्षण गरिरहेका छन् ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) (छ) बमोजिम राजनीतिक प्रयोजनका लागि सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिका विरुद्वको कसूर मानिएको छ भने यस्तो कार्यमा संलग्न जोकोहीलाई सोही ऐनको दफा ७२ को उपदफा (३) खण्ड (ख) बमोजिम पचहत्तर हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको सजाय तोकिएको छ । त्यसै गरी निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को बुँदा (ग), (छ), दफा १० को बुँदा (ग), (छ), दफा १३ को उपदफा (१) (ट) बमोजिम बालबालिका, विद्यालय र शिक्षकलाई दलगत रूपमा निर्वाचन सम्बन्धी गतिविधिमा प्रयोग गर्न हुँदैन भन्ने कुरा प्रस्ट उल्लेख गरेको छ । यस्ता कानूनी व्यवस्था रहेतापनि विभिन्न संचार माध्यम, सामाजिक सञ्जाल र राजनीतिक पार्टीका गतिविधिहरूमा बालबालिकाको प्रयोग गरिएका समाचारहरू प्रकाशन र प्रशारण भैरहेकोप्रति सिजपले ध्यानाकर्षण भएको जनाएको छ ।
उप निर्वाचन र निर्वाचन पश्चातका घरदैलो, आमसभा, विजय जुलुस, ¥यालीमा बालबालिकालाई संलग्न गराउने सभामा बालबालिकालाई कलाकार, वक्ता, नारावाजी, स्वयंसेवकको रूपमा प्रयोग गर्ने विद्यालय समयमा नै विद्यालय हाता, परिसर तथा विद्यालय नजिकैका स्थानहरूमा आमसभाहरू आयोजना गरी पठनपाठनमा अवरोध गर्ने विजय जुलुस आदिका क्रममा अर्को उम्मेद्वारलाई गाली बेइज्जती गर्न, हुल हुज्जत तथा द्वन्द्वमा बालबालिकालाई उक्साउने, प्रयोग गर्ने जस्ता गतिविधिहरू कानुनत वर्जित गरिएको हुँदा यस्ता गतिविधिहरूमा बालबालिकालाई संलग्न नगराउन तथा निर्वाचन आचारसंहिता पालना गरी बालबालिका शान्ति क्षेत्रको मूल्य मान्यताप्रति प्रतिबद्ध रहन सम्बद्ध राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई सिजप अनुरोध गरेको छ ।

  • ९ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech