बराहाताल सुर्खेतका जनप्रतिनिधि र कर्मचारीलाई तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज / सुर्खेतको बराहाताल गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम भएको छ ।

बराहाताल गाँउपालिकाको आयोजना, बास नेपालको सहजिकरण तथा सिआईजिपिको सहकार्यमा आईतबार उक्त तालिम सम्पन्न भएको हो ।

तालिममा स्थानीय सरकार सञ्चालनका विभिन्न औजारहरु, प्रभावकारी कार्य सम्पादन, देश भरका स्थानीय तहहरुले गरेका असल अभ्यास, ऐन, नीति तथा नियम लगायतका बिषयमा नेपाल सरकारका पूर्ब सचिब तथा राष्टिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण दिएका थिए ।

३ घण्टा सम्म चलेको तालिमको समापन कार्यक्रममा बोल्दै बराहाताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरु बिचमा देखिएका केही अन्यौलता हटाउन मदत गरेको बताउदै आउँदो आर्थिक बर्षको बजेट बिनियोजन गरी फेरी पनि यस तालिमलाई सञ्चालन गरिने जानकारी गराए ।

कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले तालिम निकै उपयोगी भएको बताउदै हामीलाई थाहा नभएका कतिपय नितिगत कुराहरुको जानकारी भएको बताईन् । उनले जनप्रतिनिधि र कर्मचारी सबैले आफुमा भएको कमजोरी हटाएर असल कार्य गरी पालिकालाई अब्बल बनाउन अनुरोध गरिन् ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत प्रेम डिसीले नेपाल सरकारका पूर्ब सचिब तथा राष्टिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाद्धारा आफुले पहिलेनै तालिम लिईसकेको भएतापनि आज फेरी पालिकाका कर्मचारीहरु र जनप्रतिनिधिहरुको साथमा लिन पाउँदा निकै खुशी लागेको बताए । डिसीले उक्त तालिमबाट निकै उपयोगी कुराहरुको ज्ञान भएको भन्दै सिकेको कुरालाई कार्य शैलीमा देखाउन सबैमा अनुरोध गरे ।

बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश बराहाचौर गाउँपालिकाका याेजना अधिकृत राविमान बुढाले गरेका थिए । तालिममा जनप्रतिनिधि र कर्मचारी गरी १०० जनाकोे सहभागिता रहेको थियो ।

  • ९ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech