राजनीतिका अबिचलित यात्री भक्तसिंह

राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला ठेकरे बोहरा नैतिकवान नेताको रुपमा आफुलाई स्थापित गर्न खोजिरहेका छन् ।

नमस्कार शाह

लोकप्रिय युवा नेता भक्तसिंह ठेकरे बोहरा अपिहिमाल गाउँपालिका दार्चुलाका अध्यक्ष हुन् । २०४२ भाद्र १९ गते पानसिंह बोहरा र हस्मा देवी बोहराको कोखबाट अपिहिमाल ३ थुम्ति दार्चुलामा जन्मिएका उनी ३ भाइ, ३ बहिनी मध्येका जेष्ठ सन्तान हुन् । गाउँकै खण्डेश्वरी मावीबाट एसएलसि उत्तिर्ण गरेका उनले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट एक बर्षे बिएड, एलएलबी र एमएसम्मको अध्ययन गरेका छन् ।

न्युन मध्यम वर्गिय किसान परिवारमा जन्मिएका ठेकर बोहराको बालापन आर्थिक अवस्था न्युन भएकाले भेडा बाख्रा चराउएर बितेको थियो । बाजे र बुबालाई सहयोग गर्दै माध्यमिक शिक्षा पुरा गरेका उनले उच्च शिक्षाको लागि नेपालगन्जमा रहेको काका बसन्त बोहराको सहयोगमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आइए देखी एमए सम्मको अध्ययन गर्न सफल भए । महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै राजनतिमा लागेका उनी बिद्यार्थीहरु माझ क्याम्पसमा सर्बाधिक लोकप्रिय थिए ।

आर्थिक अवस्था कमजोर भएको कारण पढाइ र राजनितिलाई सँग, सँगै अगाडी लैजान गाह्रो हुँदा, हुँदै पनि पढाई र राजनीतिमा लागेर दुबैमा सफलता प्राप्त गरेका बोहरा महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दा दुर्गम जिल्लाबाट आएको कारण छात्रबासमा बस्थे । छात्रबासमा बस्ने भएकाले उनलाई आर्थिक भार कम भयो । प्रबिणता प्रमाण पत्र तह अध्ययन गर्दा २ बर्ष सम्म एक जोर क्याम्पस ड्रेसलगाएर बिताएको अनुभव उनको सम्झनामा अझै ताजा छ ।

अधिवक्ता समेत रहेका उनी २०५८ साल फागुनमा अखिल क्रान्तिकारीमा आबद्धता भएका थिए । २०६० साल देखी नेकपा माओवादी पार्टीको अर्बान समुहको सदस्य भएर काम गरेका उनी राजनीतिक सेवामा प्रवेशको मुख्य कारण राजनिति फोहर खेलहो भन्ने भाष्यलाइ परिवर्तन गर्न राजनितिमा इमान्दारिता पनि छ, नैतिकता पनि छ, राजनीति गर्नु गलत होइन राजनितिमा सहि प्रवृतीका मानिस संलग्न भए राजनिति सहि बाटोमा जान सक्छ र समाज सहि दिशामा जान सक्छ भन्ने कुरा प्रमाणित गर्न राजनीतिमा लागेको बताउँछन् ।

उनले भने राजनिति गलत मान्छेले गर्छन् केहि गर्न नसकेर मात्र राजनिति गर्छन भन्ने गलत भाष्यलाइ परिवर्तन गर्न राजनितिमै लाग्नु पर्छ भन्ने सोचाइका साथ राजनितिक क्षेत्रमा प्रवेस गरेको हुँ ।

देशमा निरङ्कुस राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना अरु पार्टीबाट सम्भव नभएको देखेर माओवादी पार्टीमा आवद्ध भएको उनले बताए ।
समाजका सबै क्षेत्रका समस्याहरुको सामाना गर्नु पर्ने, सबै क्षेत्रको जानकारी राख्नु पर्ने, सधै भरी सामाजको अचानो बन्नु पर्ने, समाज सेवाको महत्व समाजले नबुझिदिने, आलोचना मात्रै खेप्नु पर्ने, हरेक पटक परिक्षा दिनु पर्ने, सानो गल्तिले पनि राजनैतिक समाज सेवाको लामो इतिहास समाप्त हुने भएकाले जीवनको सबै भन्दा चुनौति पूर्ण कार्य राजनिति भएको उनको भनाई छ ।

राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला ठेकरे बोहरा नैतिकवान नेताको रुपमा आफुलाई स्थापित गर्न खोजिरहेका छन् । राजनीतिमा लाग्दा घर परिवारलाइ समय दिन नसकिने, सधै भरी आर्थिक समस्या भई रहने अनुभव उनको छ ।

अखिल क्रान्तिकारीको बाँके जिल्ला अध्यक्ष, अखिल क्रान्तिकारीको थारुवान राज्य समिति सहसंयोजक, अखिल क्रान्तिकारीको सेती महाकारी राज्य समिति संयोजक, अखिल क्रान्तिकारी केन्द्रिय प्रकाशन विभाग संयोजक, अखिल क्रान्तिकारी केन्द्रिय सचिव तथा ऋत्भ्ख्त् विभागको प्रमुख, नेकपा माओवादी बाँके जिल्ला कमिति सदस्य, थारुवान राज्य समिति सदस्य, नेकपा माओवादि सेती महाकाली राज्य समिति सदस्य, माओवादी र एमाले एकता पछी नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यको जिम्मेवारी पूरा गरिसकेका उनी हाल नेकपा माओवादी केन्द्रको सुदूपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

बास नेपालको सदस्य, नेपाली साहित्य परिवार मब क्याम्पसको सचिव, ग्रामिण आँखा संस्थाको संस्थापक सचिव हुँदै अध्यक्षको जिम्मेवारी बहन गरिसकेका उनले २०७६ देखि २०७८ साल सम्म दार्चुलाका अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिकाको कानुनी सल्लाहकार भएर काम पनि गरे ।

२०७७ देखी २०७८ साल सम्म नेपाल इन्टरमोडल यातायात बिकास समितिको (ल्क्ष्त्म्द्य) कानूनी सल्लाहकार भएर काम गरेका उनले २०७२ देखी २०७७ सम्म अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद दार्चुलाको बोर्ड सदस्य भएर काम गरेका थिए ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जनयुद्ध र जनआन्दोलनको अग्र मोर्चामा रहेर संघर्ष गरेका उनले जनआन्दोलनको क्रममा पटक पटक गरी एक महिना सम्म प्रहरीको हिरासत जीवन बिताएका थिए ।

वन तथा वातावरण संरक्षण सम्बन्धि कार्यमा समत सक्रिय उनले अपि नाम्पा संरक्षण क्षेत्र मार्फत इसिमोड कैलास पबित्र भु परिधी कार्यक्रम लगायत जैविक विविधता संरक्षणमा समेत उनले योगदान पुर्याएका थिए ।

दार्चुला जिल्लाको बिकास निर्माणमा निरन्तर लागिरहेका उनले पालिकाको अध्यक्ष भएपश्चात गाउँपालिकाको नारा “सुन्दर, समृद्ध र बिकसित अपिहिमाल राखे ।

पालिकाको कामको सुरुवात ५ बर्षे आवधिक योजना बनाई अल्पकालिन, दिर्घकालिन र पालिकाका गौरवका आयोजना निर्माण गरि लक्ष्य सहित व्यवस्थित बिकास निर्माणबाट गरेको उनको भनाई छ । यो आवधिक योजना निर्माणले पालिकाको सिमित श्रोत साधनको अधिक्तम उपयोग सहित बिकास निर्माणमा सहयोग पुगिरहेको उनको अनुभव छ ।

निर्वाचित हुने वित्तिकै निति तथा कार्यक्रम मार्फत अपिहिमाल गाउँपालिकालाइ ५ बर्ष भित्र सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने घोषणा गरे बमोजिम ठेकर बोहरा कम्मर कसेर लागिरहेका छन् ।

पर्यटन क्षेत्रको बिकासकोलागि पर्यटकीय पूर्बाधार निर्माणमा जोड दिदै उनको पहलमा २० किलो मिटर पद मार्ग निर्माण सम्पन्न गरिसकेका छन् । ४ वटा पर्यटकीय आवाश गृह निर्माण सम्पन्न गरेका उनले फोहर व्यवस्थापनको लागि डम्पिङ साइड निर्माणको नेतृत्व लिए । पद मार्ग तथा पर्यटकीय स्थलहरुमा फोहर संकलनको लागि डस्टविनको व्यवस्था गरेका उनले पर्यटकीय सुचना केन्द्र निर्माण गर्नुका साथै २ ओटा कोशेली घरहरु निर्माण गरेका छन् । पदमार्गहरुमा सुचना पार्टीहरु र संकेत चिन्ह राख्ने काम उनकै सोचबाट सम्भव भयो ।

सामुदायिक होम स्टेहरु स्थापना गर्नुका साथै महिलाहरुको आय आर्जनमा बिकास गर्ने उनको योजनाले साकार रुप लिएको छ । युवाहरुलाइ टुरिष्ट गाइड तालिम दिइ लाइसेन्स प्रदान गर्ने अनुकरणिय कार्य उनकै नेतृत्वमा रहेको पालिकाले गरेको छ । युवाहरु पर्यटन व्यवसायमा आवद्ध गराउन तर्फ अग्रसर अध्यक्ष बोहराको पहलमा पर्यटकीय नक्सा तयार भएको छ । हाल अपिहिमाल गाउँपालिका एउटा पर्यटकीय गन्तव्यको रुपमा बिकसित भईरहेको छ । यस बर्ष मात्रै ३ हजार पर्यटकले अपिवेश क्याम्प भ्रमण गरेका छन् ।

सबै बिद्यालयहरुलाई आधुनिक प्रविधि मैत्री बिद्यालय निर्माणको लागि डिजिटल बिद्यालय कार्यक्रम घोषणा गरि १ बिद्यालय पूर्ण डिजिटल घोषणा भईसकेको छ भने बाँकी बिद्यालयमा कार्यक्रम संचालन भईरहेको उनले बताए । उनले भने ५ बर्ष भित्र सबै बिद्यालयहरु प्रबिधि मैत्री हुन्छन् ।

पूर्व बिद्यार्थी समाज संगको सहकार्यमा सबै बिद्यालयमा शिशु कक्षा देखी ५ कक्षा सम्म बाल मैत्री कक्षा कोठा निर्माण गरिएको उनको भनाई छ । उनका अनुसार, सबै बिद्यालयमा बिषयगत र कक्षागत शिक्षक दरबन्दिको व्यवस्था गर्नुको साथै प्राविधिक धारको विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम संचालन गरिएको छ ।

स्वास्थ्यमा सबै वडाहरुमा आधारभुत स्वास्थ्य संस्था स्थापना गरि आधारभुत स्वास्थ्य सेवा प्रदान गरेको अपिहिमाल गाउँपालिकाले घुम्ती शिबिर मार्फत जनताहरुको घर दैलो मा गएर प्रत्येक बर्ष २ पटक स्वास्थ्य चेकजाँच र उपचार गर्ने गरिएको उनले बताए । एकीकृत घुम्ती शिविर मार्फत पालिकाबाट प्रबाह हने कृषि, पशु, स्वास्थ्य, आयुर्वेद स्वास्थ्य सेवा लगायत पंजिकरण सेवा जनताहरुको घरदैलोमानै पुर्याउने गरेको उनले बताए ।

अर्गानिक रैथाने वालि उत्पादनका साथै लघु उद्यम मार्फत महिलाहरुलाई नियमित शिपमुलक कार्यक्रम गर्नुका साथै उन र अल्लो भाङ्गोको कपडा बनाउने कार्यक्रम संचालन गरेको उनको भनाई छ ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछी श्रोत साधनको अभावको कारण चाहेको जस्तो बिकास निर्माण गर्न नसकिएको उनको स्विकारोक्ति छ ।

आफुले सुरुवात गरेको काम परिणाममुखी भएकोमा खुसी भएको देख्दा र बिकास निर्माणबाट जनताहरु लाभान्वित भएको देख्दा मन प्रफुल्ल हुने गरेको बोहरा बताउँछन् ।

घुम्ती शिविर मार्फत जनताहरुको घरदैलोमा सेवा पाउदा नागरिकहरुको मुहारमा देखिएको खुसी र सन्तुष्टी देख्दा अध्यक्ष बोहरा मक्ख पर्दछन् ।

समाजको लागि निस्वार्थ काम गर्दा पनि सामाजिक हितमा राम्रो काम गर्दा पनि आलोचना गरेको सुन्दा दुःख लाग्ने गरेको बताउने उनी सामाज बिकासमा धेरै काम गर्ने मन हँुदा हँुदै पनि गर्न नसकिदा कहिले काहिँ निराशा आउने गरेको बताउँछन् ।

अपिहिमाल लगायत दार्चुला जिल्लाको बिकास निर्माणमा महत्व राख्ने प्रदेश स्तरिय गौरवका आयोजनाहरु र पालिका स्तरिय गौरबका आयोजनाहरु बनाउने कार्यमा निरन्तर लागेका उनस् अपिहिमाल गाउँपालिकालाइ सुदूरपश्चिमको उत्कृष्ट प्रयटकीय गन्तव्य बनाउने अभियानमा निरन्तर लागिरहेका छन् । जसकोलागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरु आयोजना गर्ने योजनामा उनी छन् ।

बैतडी जिल्लाको झुला घाट देखी मार्मा हुदै अपिहिमालको खण्डेश्वरी क्षेत्तीबाट बझाङको उरै नाका बाट तिब्बतको ताक्लाकोट जोड्ने सडक निर्माणमा निरन्तर पहल गर्ने उनको प्रतिबद्धता रहेको छ । उक्त सडक बन्दा भारत र चीन जोड्ने नेपालकै छोटो सडक बाटो बन्ने उनको बुझाई छ । यसमा राज्यका निकायहरुको ध्यान पुग्न नसकेको उनको भनाई छ ।

अपिहिमालको जडिबुटी र स्थानीय उत्पादनलाइ ब्राण्डिङ गरि बेच्ने योजना भक्तसिंहको छ । समाज सेवा गर्ने, आफ्नो क्षमता र पहलले गाउँ ठाउको बिकास निर्माणमा योगदान पुर्याउने सपना बोकेर हिँडेका अबिचलित यात्री हुन् भक्तसिंह ।

देशमा भएका प्राकृतिक श्रोत साधनको अधिक्तम उपयोगका साथै पर्यटनको बिकासले मात्रै नेपालको बिकास सम्भव हुने उनको निष्कर्ष छ ।
कुनै दिन देशको उच्च ओहदामा वा नितिनिर्माण तहमा पुगेमा अहिलेका बिद्यमान कानुन तथा निति नियमले आजको देशको आवश्यकता परिपूर्ति गर्न कानुन तथा निति नियम परिवर्तन गरेर देशको बिकास गर्ने उनको धोको छ । उनको धोको पुरा होस्, उनी जस्ता असल, कर्मयोगी, ईमान्दार नेताहरु यो देशको नितीगत तहमा पुगुन् –शुभकामना ।

 

 

  • १० बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech