पत्रकार महतारालाई जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत

सुन्दर रावत 

सिमकोट/ नेपाल पत्रकार महासंघ हुम्ला शाखाको ८ औँ साधारणसभाको अवसरमा पूर्व नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर,रेडियो श्रीनगरका संस्थापक अध्यक्ष नवराज महतारा पुरस्कृत हुनु भएको छ ।

पत्रकार महतारालाई जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको हो । नगद रु दश हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । महतारा काम विशेषले अदानचुलीको श्रीनगर भएर उपस्थित हुन नसक्दा रेडियो कर्णाली आवाजका लेखा प्रमुख सुरेश परियारले पुरस्कार बुज्नुभएको थियो ।

पत्रकार महताराले हुम्लाको पत्रकारिता क्षेत्रमा अमूल्य, उल्लेखनीय भूमिका खेल्दै जिल्लाका कुनाकान्द्राका समस्यालाई उठान गर्दै आएको हुनाले रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट परस्कृत गरिएको हो । महतारा पछिल्लो समय राजिनितीकमा होमिनुभएको छ । केही महिना अगाडी नेकपा एमाले कर्णाली प्रदेशका प्रदेश कमिटी सदस्यमा निर्वाचीत हुनुभएको हो ।

यस्तै लामो समयदेखि पत्रकारी क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय समाचार समिती (रासस)का हरिबहादुर रावत र रेडियो पत्रकारिता र केही समय कान्तिपूर पत्रिकामा काम गर्नुभएका छपाल लामा दुई जनालाई सम्मान सहित रु दुई हजार नगद पुरस्कार प्रदान गरिएको महासंघ हुम्ला शाखाका सदस्य लक्ष कामीले बताउनुभयो ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech