बाजागाजा सहित मन्त्री खत्रीको सम्मान

असल शासन प्रतिनिधि

नेपालगञ्ज, बैशाख १४ गते/ लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले विकासको नाममा भौतिक विकास मात्रै नभई मानबीय विकासमा समेत प्रदेश सरकारले प्राथमिकतामा साथ काम गर्ने बताउनुभएको छ ।

मन्त्रीको रुपमा पदभार ग्रहणपछि पहिलो पटक गृह जिल्ला बाँकेमा आउनुभएका मन्त्री खत्रीलाई जिल्लाबासीको तर्फबाट विभिन्न सामाजिक संघ संस्थाले स्वागत र सम्मान गरेका छन् ।

शुक्रबार बिहान फियान नेपाल, खाद्य अधिकार सञ्जाल र याक नेपालले आयोजना गरेको खाद्य अधिकार सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री खत्रीले  कृषि र पर्यटनको विकास गर्न सके मात्र आर्थिक विकास र समृद्धि हुने भएकाले प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । मन्त्री खत्रीले प्रारम्भिक शिक्षा ग्रहण गर्नुभएको उहाँको गाउँ सितापुर २ गौघाटस्थित योगिनी माविले बाजागाजा सहित स्वागत, सम्मान र बधाई ज्ञापन गरेको छ ।

सो अवसरमा मन्त्री खत्रीले आफुले प्रारम्भिक शिक्षा ग्रहण गरेको विद्यालय र आफु बसोबास गर्दै आईरहेको गाउँबासीका अपेक्षा पुरा गर्न पहल गर्ने बताउनुभयो ।

यसैगरी मन्त्री खत्रीले नारी विकास केन्द्र नेपालगञ्जले आयोजना गरेको स्वागत सम्मान तथा बधाईज्ञापन कार्यक्रममा मन्त्री खत्री सहभागी हुनुभयो । केन्द्रको निर्णय अनुसार विपन्न बालबालिकालाई नगद छात्रवृत्ति , कुसन बनाउने तालिमका सहभागीलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो । शुक्रबार नै मन्त्री खत्रीलाई गैर सरकारी महासंघ बाँकेका तर्फबाट सम्मान गरिएको छ ।

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech