वडाबासीलाई निशुल्क एम्बुलेन्स सेवा

असल शासन प्रतिनिधि

नेपालगन्ज / राप्तीसोनारी १ खासकुस्मा स्वास्थ्य चौकीले आफ्नो वडामा रहेका बिरामीहरुका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ ।

सो सेवाबाट वडावासी लाभान्वित भएको बताईएको छ ।

राप्तीसोनारी गाउँपालिका र बास नेपालको आयोजनामा भईरहेको स्वास्थ्य सँस्थाहरुको सामाजिक परीक्षण अन्तर्गत शुक्रवार आयोजित आम भेलामा सहभागीहरुलाई सो कुरा बताईएको हो ।

खास्कुष्मा स्वस्थ्य चौकीले प्रदान गर्ने सेवा र सुबिधाका साथै स्वास्थ्य सँस्थाको आम्दानी र खर्चको बारेमा अध्ययन गरिएको प्रारम्भिक प्रतिबेदन प्रस्तुत गर्नका लागी टोलबासी स्वास्थ्य चौकिका कर्मचारीहरु, स्वास्थ्य चौकी ब्यवस्थापन समितीका पदाधिकारी र जनप्रतिनिधीहरुको सहभागितामा आम भेला आयोजाना गरिएको थियो ।

प्रारम्भिक चरणमा स्वास्थ्य कर्मचारीहरु र ब्यवस्थापन समितीका पदाधिकारीहरुसङ्ग बैठक गरिएको थियो भने दोश्रो दिन विभिन्न टोलमा गएर आमा समुहहरुसङ समुहगत छलफल गरिएको थियो । स्वास्थ्य सस्थाबाट सेवा लिएर फर्कदै गरेका बिरामीहरु सङ पनि उनिहरुले के कसो सेवा पाए नपाएको भन्ने बारेमा सन्तुष्टि फाराम सन्कलन गरिएको थियो ।

आम भेलामा स्वास्थ्य चौकी प्रमुख अमर सिङ महत्तराले प्रगती प्रतिबेदन प्रस्तुत गरिसकेक पछि खुल्ला छलफल तर्फ भेला अगाडि बढेको थियो भने सहभागीहरुले आ आफ्ना गुनासाहरु राखेका थिए ।

सहभागीहरुको गुनासाहरुमा स्वास्थ्य सस्थाहरुबाट प्रदान गरिने सेवा सुबिधाहरुको जानकारी टोल टोल सम्म नपुग्ने गरेको, टोलहरु टाढा भएकाले गाउगाउमा घुम्ती शिबिरहरु सन्चालन गरिनु पर्ने,स्वास्थ्य स्वयसेविकाहरुलाई सेवा सुबिधाहरु दिईनु पर्ने, हामिले बिरामी लिएर स्वास्थ्य चौकीमा आईसकेपछी सुरक्षित भएको महशुस गराउनु पर्ने, गाउँ गाउमा आमा समुहहरु गठन गरेता पनि उनिरुलाई बैठक बस्दा चाहिने सामानहरुको ब्यवस्था गरिनु पर्ने लगायतका राखेका थिए ।

गुनासाहरुको सहजिरण तथा भेलालाई सम्बोधन गर्दै राप्ती सोनारी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र कुमार केसिले हामिहरुले यहाँ उठेका गुनासाहरुलाई बिस्तारै सम्बोधन गर्दै जाने बताए । साथै पालिका भरि मध्ये खास कुष्मामा धेरै ब्यवस्थित खोप केन्द्र स्थापना भएकोमा आफुलाई खुशी लाग्ने पनि बताए । सम्बिधानले प्रत्याभुत गरेका नागरिकहरुले पाउनुपर्ने सेवा सुबिधा दिलाउन आफु लागिपर्ने पनि स्वास्थ्य शाखा प्रमुख केसिले बताए ।

त्यस्तै आम भेलमा बोल्दै वडा नम्बर १ का सदस्य चुर्ण बहादुर भन्डारीले स्वास्थ्य सस्थाको वृद्धि बिकासका लागि आफू पनि लागि पर्ने बताए ।

७२ जना सहभागी रहेको उक्त भेला स्वास्थ्य चौकी ब्यवस्थापन समितिका उपाध्यक्ष यम कुमारी वलिको अध्यक्षतामा आयोजना गरिएको थियो भने स्वागत मन्तब्य बास नेपालका जन सम्पर्क अस्धिकृत माधव कार्कीले राखेका थिए । कार्यक्रम सन्चाल्न बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातीले गरेका थिए ।

  • १५ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech