सहयोग गरौँ, साहारा बनौँ, सम्मान गरौँ

अघि बढ्दै ह्युमन रेस्पेक्ट नेपाल

असल शासन प्रतिनिधि

काठमाडौँ/ सहयोग गरौँ, साहारा बनौँ, सम्मान गरौँ सम्मानित बनौ भन्ने मुल नाराको साथ काठमाडौंमा स्थापित ह्युमन रेस्पेक्ट नेपालले मानव सेवाको काम अघि बढाएको छ ।

समाजसेवी, कलाकार माया थामी नेतृत्वको उक्त संस्थाले स्थापना भएको छोटो समयमै आफ्नो अग्रसरता अघि बढाएको छ ।

उक्त संस्थाले बैशाख १३ गतेका दिन शिक्षाबाट बन्चित भएर बस्नु परेका बाल बालिकाहरुलाई शैक्षिक सहयोग गर्ने बारे सूचना जारी गरेको थियो ।

उक्त सूचना प्रकाशित गरेको छोटो समयमा देश भरीबाट ५ सय बढी असहाय, असक्त, अपाङ्गता भएका बाल-बालिकाहरुको नामवली उक्त संस्थालाई प्राप्त भयो ।

संस्था प्रमुख माया थामीका अनुसार शिक्षा पीडित बाल-बालिकाहरु मध्येबाट तुरुन्तै शैक्षिक उद्धार गर्नु पर्ने ६२ जना बाल बालिकाहरु देखिएको हुँदा ६२ जना बाल बालिकाहरुलाई शिक्षाको लागि सहयोग गरिदैछ ।

उनीहरुलाई अध्ययनका लागि संस्थाले सहयोग गर्नेछ । प्रमुख थामीले मानविय तथा सामाजिक कार्य निरन्तर गर्दै जाने बताईन् ।

  • १५ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech