आफैले बनाएको पेस्तोल पड्किदा घाईते

असल शासन प्रतिनिधि

नेपालगन्ज/ युट्युब हेरेर काठ र फलामको घरेलु कट्यवा पेस्तोल बनाउने एक युवक सोही कटुवा पेस्तोल पड्किदा घाइते भएका छन् ।

वैशाख १५ गते राती १० बजे बाँकेको राप्तिसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने १६ वर्षिय सचिन थारु पेस्तोल पड्किदा घाइते भएका हुन् ।

युट्यूब हेरी काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखिएको पेस्तोल निकाल्ने क्रममा पड्कन गई दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा गाडिन गई घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते सचिनलाई उपचारको लागि मेडिकल कलेज नेपालगंज ब पठाईएको छ । उनको अबस्था सामान्य रहेको र हतियार प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech