नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेको राप्ती सोनारी गाउँपालिकाको सार्वजनिक सेवाको विषयमा गरिएको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिकरण भएको छ । गाउँपालिकाले आफुले प्रवाह गर्ने सेवाको विषयमा नागरिकहरुको अनुभुति मापन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक सन्तुष्टि सर्वेक्षण गरेको थियो ।

६६,४४५ जनसंख्या रहेको राप्ती सोनारी गाउँपालिका सबै वडाका गरी १५१० जना पालिका तथा पालिका अनत्र्गतका कार्यालयबाट सेवा लिएका नागरिकहरुलाई सर्वेक्षणमा समावेश गरिएको थियो । सर्वेक्षणको जिम्मा पाएको बास नेपालले आइतबार नतिजा सार्वजनिकरण गरेको हो । समग्रमा नागरिकहरु पालिकाको सेवा प्रवाह प्रति सकारात्मक देखिए पालिका तथा वडाको योजना तर्जुमा प्रक्रियामा नागरिक सहभागिता, पालिकाको समग्र विकास निर्माणको अवस्था लगायतको विषयमा सुधार गर्नुपर्ने सर्वेक्षणमा देखिएको छ ।

१० वटा प्रश्न र ३ वडा उपप्रश्न गरिएको सर्वेक्षणमा ८११ जना महिला र ६९९ जना पुरुषलाई समेटिएको थियो । नतिजा सार्वजनिकरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मनिषा थारुले नागरिक सन्तुष्टि सर्वेक्षणले नागरिकहरु प्रति सेवा प्रवाहको विषयमा थप संवेदनशिल हुँदै कार्य गर्नुपर्ने जरुरी देखिएको बताइन् । कर्मचारी र जनप्रतिनिधिहरुले नागरिकलाई केन्द्रबिन्दुमा राख्दै सेवा प्रवाहलाई थप चुस्त दुरुस्त र पारदर्शी बनाउने तर्फ लाग्नुपर्ने उन्को भनाइ थियो ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपानेले जनप्रतिनिधि र कर्मचारीहरु नतिजामुखि सेवा प्रवाह गर्न तर्फ लाग्नुपर्ने बताए । नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजाले केहि विषयमा सुधार गर्नुपर्ने सुझाव दिएको भन्दै कार्य सम्पादनमा कुनै गुनासो नआउने गरि कार्यसम्पादनमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सर्वेक्षणको नजिता प्रस्तुतिकरण गरेको कार्यक्रम बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेका थिए । उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका शाखा प्रमुखहरु, वडा सचिब सहित ५० जनाको सहभागीता रहेको थियो ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech