राप्ती सोनारीको बिनौनामा आम भेला

असल शासन प्रतिनिधि

नेपालगन्ज । राप्ती सोनारी गाउापालिका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम अन्तरगत बिनौना स्वास्थ्य चौकीको आम भेला आज सम्पन्न भएको छ ।
स्वास्थ्य चौकीको सभा हलमा भएको आम भेलाले स्वास्थ्यको सेवा प्रवाह सुधारका लागि कार्ययोजना तयार गरेको छ ।

स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष झगरु थारुको अध्यक्षतामा भएको भेलाले औषधिको आपूर्ती नियमितताका लागि पालिकासँग आवश्यक समन्वय गर्ने, आमा सुरक्षा कार्यक्रम अन्तरगतको रकम निकै ढिलो गरी आएको भन्ने गुनासो आएकाले सुत्केरी भएसँगै रकम दिने गरी ब्यवस्थापन गर्न पालिकामा पहल गर्ने, आर्थिक बर्ष २०८१÷०८२ मा प्रशुती भवन निर्माण तथा प्रशुती बेड थप गर्न आवश्यक पहल गर्ने, उत्कृष्ट कर्मचारी तथा स्वयम् सेविकालाई सम्मान गर्ने कार्यक्रमको थालनी गर्ने, स्वास्थ्य चौकीका झ्याल तथा ढोकामा जाली जिर्ण रहेकाले मर्मत गर्ने, स्वास्थ्य सचेतनाका लागि समुदाय स्तरीय कार्यक्रम सञ्चालन गर्ने, ल्याव सेवालाई ब्यवस्थीत गर्न आवश्यक रकम मागका लागि पहल गर्ने र सेवाग्राहीहरुका का लागि यथासक्य बस्ने कुर्सी तथा बेन्चको ब्यवस्थापन गर्ने रहेका छन् ।


आम भेलाको शुरुवातमा सामाजिक परिक्षण केहो , किन गरीन्छ, उद्धेश्य, सामाजिक परिक्षण अन्तरगत अवलोकन, अन्तरवार्ता, लक्षित समुह केन्द्रीत छलफल तथा सन्दर्भ सामाग्री अध्ययनबाट प्राप्त तथ्यहरुको बारेमा प्रश्तुतीकरण बास नेपालका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले गरेका थिए भने स्वास्थ्य चौकीले गरेका कार्यहरुको प्रगति तथ्यांकगत प्रश्तुतीकरण बिनौना स्वास्थ्य चौकी इन्चार्ज सन्दीप कुमार थारुले गरेका थिए । आम भेलाको सन्चालन बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले गरेका थिए ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech