बिलाएको ताल बन्दै

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली)/ कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा रहेको पुुरैना तालको पुुर्न–स्थापना गरिदैछ । २०६४ सालमा मोहना नदीमा आएको बाढीले ताल पुरेपछि बगरमा परिणत भए पश्चात स्थानीयले अतिक्रमण गरि खेती गर्दै आएको उक्त ताल पुुनःनिर्माण कार्य सुुरु गरिएको हो ।

डिभिजन वन कार्यलय पहलमानपुरले ८ वटा जेसिबी प्रयोग गरि ताल बनाईने क्षेत्रको वरिपरी १० फिट चौडा र ५ फिट उचाईको ३५ सय मिटर लामो डिल (ड्याम) निर्माण गरिएको छ ।

सव डिभिजन वन कार्यलय भजनीका प्रमुख वन अधिकृत मो.ताहा हुसेन मिकरानीको नेतृत्वमा आईतबार बिहान ८ बजे देखि उक्त कार्य सुरु गरिएको हो ।

डिभिजन वन कार्यलय पहलमानपुर अन्तर्गतका सबै सव डिभिजन वन कार्यलयका कर्मचारी, सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलि ताल निर्माणको कार्यमा खटेका छन् ।

पुरैना ताल पुनः निमार्णका लागि डिभिजन वन कार्यलय पहलमानपुरले विगत ३ बर्ष देखि भजनी नगरपालिका, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सामुदायिक वन समन्वय समिति, स्थानीय समुदाय सँग विभिन्न चरणमा छलफल गर्दै आएको थियो । सोहि प्रयास अन्तर्गत केहि महिना पहिले नापी कार्यालय कैलालीको सहयोगमा तालको नक्शा अनुसारको रेखाङ्कन र सिमांकन कार्य गरिएको थियो ।

ताल पुर्न स्थापना कार्यको सोमबार स्थलगत अनुगमन गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार कैलाली जिल्लामा वन क्षेत्र, सरकारी, सार्वजनिक, सघं÷संस्थाको नाममा भएको जमिन अतिक्रमण हटाउने भनिए अनुुरुप सो कार्य गरिएको बताए ।

उनले भने, “डिभिजन वन कार्यालय पहलमानपुरको अनुरोधमा जिल्लाका सबै सुरक्षा निकाएको सहयोगमा पुरैना ताल अतिक्रमण हटाई पुनः निर्माणको कार्य गर्दैछौ ।”

तालको पुुनः निर्माण गर्ने क्रममा सो क्षेत्र खेती गरि भोग चलन गर्दै आएका स्थानीयहरु आक्रोसित भई अवरोध गर्ने प्रयास समेत गरेका थिए ।

 

विगतमा स्थानीय समुदाय र सरोकारवालाहरु पटक पटक छलफल गरी रेखांकन गरी तालको क्षेत्र छुट्याउने सहमति भएको थियो । सोही अनुसार हाल तालको डिल बनाउने काम अगाडी बढाईएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।
उनले भने, पुरैना ताल भजनीको मात्रै नभई कैलाली जिल्लाकै महत्वपूर्ण स्थान हो ।
उनका अनुुसार सिमावर्ती क्षेत्रमा‌ पर्ने यो ताल भारतको दुधुवा नेशनल पार्क र नेपालको बसन्ता वन संरक्षण क्षेत्र (जैविक मार्ग) हुदै चुरे सम्म जोड्ने ठाँउ हो । यहि करिडोर हुँदै हात्ती, बाघ लगायतको आवतजावत हुने गरेको छ । द्थानीय तथा आगन्तुक चराहरुको लागि समेत यो महत्वपूर्ण क्षेत्र हो । त्यसैले पुनः निमार्ण आवश्यक रहेको छ ।
डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर यो पुरैना ताल अन्तराष्ट्रिय हिसाबले नै महत्वपूर्ण जैविक मार्ग भएकोले यसको संरक्षण र पुर्नस्थापना गर्न लागिएको बताउछन्‌ । तालको पुुनः निर्माण पछि पर्या–पर्यटकिय दृष्टिकोणले समेत उपयुुक्त रहनेछ । उनले भने, “यो ताल पुनःनिर्माणका लागि विभिन्न चरणहरु पार गर्दै ड्याम सम्म बनाउन सफल भयौं अझै यसको निर्माण तथा व्यबस्थापन गर्दै जैविक विविधताको संरक्षण र पर्या–पर्यटन मार्फत स्थानीय समुदायको जीविकोपार्जन सुधारका लागि सरोकारवाला निकाय संग सहकार्य गर्दै अघि बढ्नेछौ ।
बसन्ता वन संरक्षण क्षेत्रमा पर्ने भजनी नगरपालिका वडा नं ७ लालबोझीमा रहेको पुरैना ताल मोहना नदिमा २०६४ सालमा आएको बाढिले बगरमा परिणत भएको थियो । भजनी– ७ का वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार बाढीले बगरमा परिणत भएको तालको स्थानीयहरुले अतिक्रमण गरी खेतीपाती गर्दै आएका थिए । उक्त ताल ५ सय बिगाह भन्दा बढि क्षेत्रमा फैलिएको छ ।

  • १७ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech