सूचना मांगेपछि स्वत: प्रकाशन सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज /  सिरहाको नवराजपुर गाउँपालिकाले पहिलो पटक वेबसाईट मार्फत स्वत: प्रकाशन सार्वजनिक गरेको छ ।  सूचनाका अभियन्ता परशुराम साहले स्वत: प्रकाशन संग सम्बन्धित सूचना मांग गरेपछि पालिकाले वेबसाईट मार्फत २०८० माघ,फागुन र चैत्र महिनाको स्वत: प्रकाशन सार्वजनिक गरेका हुन ।

सूचना अधिकारी तोकाउन ,” सूचना मांग  अभियान ” नै  संचालन गरेको साहले सूचना अधिकारी तोकाउने  र तोकिएका  सूचना अधिकारीको फ्लेक्स बोर्ड राख्न लगाउने अभियानमा  सफलता  प्राप्त भएपछि , अभियन्ता साहले  केही दिन यता  स्वत: प्रकाशन गराउन  सार्वजनिक निकायमा दवाव सृजना गरेका हुन । स्वत: प्रकाशन संग सम्बन्धित सूचना मांग गर्न थालेपछि मधेश प्रदेशका सार्वजनिक निकाय स्वत: प्रकाशन गर्न बाध्य भएका हुन । यस अघि सिरहाका बिष्णुपुर गाउँपालिकाले स्वत: प्रकाशन वेबसाईट मार्फत सार्वजनिक गरेका थिए । सिरहाको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय ,लहान, आन्तरिक राजस्व कार्यालय ,लहान , कृषि ज्ञान केन्द्र ,सिरहा ,प्रादेशिक अस्पताल ,सिरहा, भुमिगत जल सिंचाई डिभिजन कार्यालय,लहान , कोष तथा लेखा नियन्त्रण कार्यालय ,लहान , बन कार्यालय ,लहान , लगायतका कार्यालयले स्वत: प्रकाशन सार्वजनिक गरेका हुन ।

नागरिकले सूचना मांग नगरेपनि सार्वजनिक निकायले प्रत्येक ३/३ महिनामा नागरिकको जानकारीको लागी स्वत: सूचना सार्वजनिक गर्नुपर्ने कानूनी ब्यवस्था छ । सूचनाको हक सम्बन्धि ऐन,२०६४ र नियमावली २०६५ बमोजिम २० वटा शीर्षकमा आफ्नो निकायसँग सम्बन्धित बिबरण ३ महिना पूरा भएको १५ दिन भित्र सार्वजनिक गर्नुपर्ने कानूनी ब्यवस्था रहेको छ ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech