महादेवपुरी स्वास्थ्य चौकीको आम भेला सम्पन्न

असल शासन प्रतिनिधि

बाँके / महादेवपुरी स्वास्थ्य चौकीको सामाजिक परीक्षण अन्तर्गत आम भेला सम्पन्न भएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा गरिएको सामाजिक परीक्षण अन्तर्गतको आम भेला आज सम्पन्न भएको हो ।

आम भेलाका सहभागीहरुले स्वास्थ्य चौकी बाट सबै सुबिधा प्राप्त गरेता पनि एम्बुलेन्स सेवा पनि दिन सके राम्रो हुने बताएका थिए । त्यस्तै बिभिन्न टोलमा गठन गरिएका आमा समुहहरुले आफुहरु बैठक बस्दा बस्ने ठाउँका साथै कुर्सीहरु र सामान राख्ने सम्मको ठाउँ नभएकाले त्यसको ब्यवस्था गरिदिनु पर्ने बताउँदै सहभागीहरुले स्वास्थ्य संस्थाका कर्मचारीहरु समय समयमा आमा समुहहरुको बैठकमा सहभागी भएर स्वास्थ्य सम्बन्धी सचेतना मुलक शन्देशहरु पनि प्रदान गर्नुपर्ने बताएका थिए ।

आम भेलालाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र कुमार केसीले सहभागीहरुको माग अनुसार झोला र सामान राख्ने बाकस उपलब्ध गराउने बताए । आर्थिक अभावकै कारण हामीहरुले समुदायमा गर्नै पर्ने काम हरु पनि गर्न नपाएको बताएदै अबको बजेट बिनियोजन गर्दा त्यस्ता कुराहरुलाई पनि समेटेर लैजाने कुरा बताए ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै महादेवपुरी स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अभ्ध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष सोहनलाल थारुले स्वास्थ्य चौकीको भवनको माथिल्लो तला निर्माण भईरहेको उल्लेख गर्दै हामीले सबै सेवा दिन लागि परेको बताए । भौतिक संरचना अभाव रहेको यस स्वास्थ्य चौकीले बिरामीहरुलाई सेवा दिन कुनै कमि नभएको बताउँदै स्वास्थ्यको क्षेत्रमा धेरै लगानी गरेको र स्वास्थ्यका पुर्बाधार निर्माणका लागि पनि काम भैरहेको बताए ।

स्वास्थ्य चौकीका कर्मचारीहरु, ब्यवस्थापन समितिका पदाधिकारीहरु, महिला स्वयंसेबिकाहरु र बिभिन्न आमासमुहरु बाट गरी ५० जनाको सहभागीता रहेको आम भेलामा महादेवपुरी स्वास्थ्य चौकीका ईन्चार्ज नवराज शाहीले गत श्रावण देखी फागुन सम्मको आर्थिक तथा प्रगति प्रस्तुत गरेका थिए भने बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारीले सामाजिक परिक्षणको अबधारण त्यसको महत्वका साथै सामाजिक परीक्षणका क्रममा प्राप्त तथ्यहरु बारेको प्रश्तुतिकरण गरेका थिए ।

वडा नम्वर ९ का वडा अध्यक्ष तथा महादेवपुरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले राखेका थिए भने कार्यक्रम सञ्चालन बासका पुर्ब अध्यक्ष मन भण्डारीले गरेका थिए । अस्पतालको सेवा गुणस्तरिय बनाउनका लागि आफु लागि परिरहेको बताए ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech