बैशाख २० गते चर्चीत उत्प्रेरक रमण भटराइ नेपालगन्जमा

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपालको युवा लक्षित कार्यक्रम ईन्सपाईरिंग युथको ३००औं बिशेष श्रृंखलाको तयारी पुरा भएको छ ।
बैशाख २० गते नेपालगन्जमा हुने बिशेष श्रखलामा युवा उत्प्रेरक तथा ३००औं बिशेष श्रृंखलाका अतिथि बक्ता रमण भट्राईको बिशेष उत्प्रेरणात्मक प्रवचन रहेनेछ । नेपालगञ्जको सिएसटि होटल एण्ड पार्टी प्यालेसमा दिउसो १.०० बजे शुरु हुने कार्यक्रममा यूवाहरु सकारात्मक सोचको विकास, सफल जीवन गन्तब्य, ईमान्दारीता र युवा, निराशाबाट आशा तार्फ लाग्न के गर्ने लगायतका बिषयमा बोल्ने छन् ।
बास नेपालले युवाहरुलाई लक्षित गरी २०७३ जेष्ठ १ गते देखि इन्स्पाईरिंग युथ कार्यक्रमको शुरुवात गरेको थियो । हरेक हप्ताको शुक्रवार नियमित रुपमा सञ्चालन हुदै आएको कार्यक्रमको शिशेष श्रखलामा हाल सम्म चर्चित म्याराथुन धावक बैकुण्ठ मानन्धर, नायक जीवन लुईंटेल, मदन पुरस्कार बिजेता कथाकार महेश बिक्रम शाह, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित लेखक तथा सकारात्मक सोचका प्रणयता कर्ण शाक्य, नायिका सञ्चिता लुईंटेल, नायक जीवन लुईंटेल, उत्प्रेरक श्रृष्टि के.सी., उत्प्रेरक रोहित मल्ल, मनोक्रान्ति अभियानका द्रष्टा डा. योगी बिकासानन्द, बैज्ञानीक महाबिर पुन, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडका, नायिका केकि अधिकारी, उत्प्रेरक रमेश प्रसाई लगायतको उपस्थिती भईसकेको छ ।
इन्स्पाईरिंग युथको पहिलो हप्ता डिबेट, दोश्रो हप्ता मोटिभेसनल स्पिच, तेश्रो हप्ता सफलताको कथा बाचन, चौथो हप्ता नेतृत्व विकास तालिम र पाँचौं हप्ता ज्ञान र क्षमता आदान, प्रदान गर्ने गरिन्छ । कार्यक्रममा हाल सम्म ५ हजार बढि युवाहरुले सहभागिता जनासकेका छन् ।
को हुन् रमण भट्राई ?
ओखलढुङ्गा जिल्ला जन्मस्थान भई हाल ललितपूर बासोबास गर्दै आएका रमन भट्टराई वर्तमान समयका चर्चीत उत्प्रेरक हुन् । हाल नेपाल लगाएत विश्वका विभिन्न मुलूकमा मानिसको जीवनशैली, आत्मज्ञान, आत्मशान्ति, तनाव व्यवस्थापन, खुसियाली जीवन लगाएतका बिषयमा उत्प्रेरणा र शिक्षा प्रदान गर्दै आएका छन् ।
नेपाल युवा संस्थाका सदस्य, लियो क्लव अफ काठमाडौँ, हिमालय पटनका पूर्व अध्यक्ष, टिम नडन इन्टरनेशनलका सदस्य, नडन क्लवका सदस्य, प्रभा रमन फाउण्डेसनका संस्थापक, एजुकेशन एण्ड स्र्पोट विङ्गका आजिवन सदस्य, मानव सेवा आश्रमका अभिभावक लगाएतमा रहेर सामाजिक क्षेत्रमा जीवन शैली विज्ञ, क्षमता विकास विज्ञ तथा विश्व उत्प्रेरणा शिक्षकको रुपमा विगत २५ वर्ष देखि क्रियाशिल रहदै आएका छन् ।
विश्वामा शान्ति, अमनचयनको अभियानमा हिँडिरहेका रमनले नेपालका अधिकाशं शहरमा उत्प्रेणात्मक प्रवचन दिइसकेका छन् । सन १९९८ भन्दा यता नेपाल तथा विश्वका संयुक्त राष्ट्र संघिय संस्था, व्यपारिक प्रतिष्ठान, सरकारी तथा गैरसरकारी संस्था, विद्यालय व्यापरिक प्रतिष्ठान, अन्तराष्ट्रिय संस्था, सरकारी निकाय, सैनिक, प्रहरी प्रशासन लगाएत ५०० भन्दा बढि निकाय तथा संघसंस्थाहरु मार्फत विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, नागरिक समाज, व्यापरिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रत्यक्ष उत्प्ररणा दिईसकेका छन् ।
मित्रलाई पत्र, सीपसँगै सफलता अनि आनन्द, इन्स्पिरेस्नल हिलिङ्ग लाइफ, जिज्ञासा जस्ता पुस्तक समेत लेखिसकेका भट्टराईका झलकमान गन्र्दभको आवाजमा रहेको झलको मनको, धर्मराज थापाको आवाजमा रहेको धुरुधुरु नरोउ आमा लगाएतका गीतका रचना समेत प्रकाशित भईसकेका छन् ।

 

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech