बास नेपालका परशुराम साहलाई राष्ट्रिय सम्मान

असल शासन प्रतिनिधि

सिरहा/ बास नेपाल सिरहा शाखाका सल्लाहकार परशुराम साह राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।

३५ हजार सहित बिनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०८१ बाट साह सम्मानित भएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्त्थितिमा  सूचना तथा संचार प्रबिधि मंत्री रेखा शर्माले साहलाई माला लगाई दिएर सम्मान गर्नु भएको थियो ।

राष्ट्रिय सूचना आयोगको १७ औ स्थापना दिवसको अवसरमा आयोगले राष्ट्रपति कार्यालयको सभाहलमा आयोजना गरेको बिशेष समारोहमा राष्ट्रपतिले सम्मान गर्नुभएको हो ।

सो अवसरमा सूचना तथा संचार प्रबिधि मंत्री रेखा शर्माले साहलाई माला लगाई दिएर सम्मान गर्नु भएको थियो ।

सूचनाको हकको अभियन्ता साहले सूचनाको हक प्रचलनमा उत्कृष्ट योगदान गरेको ठहर गर्दै आयोगका सचिवको अध्यक्षतामा गठित मुल्यांकन समितिले गरेको सिफारिसको आधारमा साहलाई सम्मानको लागी सिफारिस गरेको हो ।

आयोगले बिनय कसजु अभियन्ता पुरस्कारबाट पुरस्कृत गर्न १०० पूर्णांकको मुल्याकनको आधार तयार गरी गरेको मुल्यांकनमा साह पहिलो नम्बरमा सिफारिस भएका थिए ।

१०० पूर्णांकमा कार्यानुभवमा १०, ज्ञान र सीपमा १०, सकृयतामा १०, मान्यतामा १०, सूचनाको हकको प्रयोगमा १०, दक्षतामा २०, सार्वजनिक महत्वको र ब्यक्तिगत सूचना माग गरेकोमा १०, माग गरेको सूचना प्राप्तिको लागी निरन्तरको लगनशीलतामा १०, सिफारिसकर्ताले सिफारिस गर्नुपर्ने कारण, आधार र सो प्राप्त गर्ने पूर्ण बिबरणमा ५ र सकारात्मक बिभेदमा ५ अंकभार राखी गरेको मुल्यांकनमा साह नेपालमै पहिलो नम्बरमा पर्नुभएको हो ।

उत्कृष्ट सूचना अभियन्ताका दोस्रो सूचीमा पोखराका यदुनाथ बंजारा तेस्रो सूचीमा हेटौडाका इन्द्र बंजारा र चौथो सुचीमा अर्घाखाँचीका आदित्य दहाल परेका हुन । बंजारा र दहाल संचारकर्मी हुन भने साह पेसाले शिक्षक हुन् ।

शिक्षण सेवामा प्रवेश गर्नुअघि डेढ दशक जति सकृय पत्रकारिता गरेका साह जवाफदेही शासन प्रणाली स्थापनाका लागी सूचनाको हक सम्बन्धी ऐन प्रचलनमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।

शिक्षक भएर सूचना मांग गरेको भन्दै सार्वजनिक निकायहरुबाट बेला बेलामा प्रताडित हुनुभएका साह मधेश प्रदेश लगायत अन्य प्रदेशका जिल्लाहरुका सार्वजनिक निकायमा सूचना अधिकारी तोकाउने ,स्वत: प्रकाशन गराउने ,नागरिक जगाउने काममा महत्वपूर्ण योगदान गर्नुभएको छ ।

साहले पछिल्लो समय सूचना आयोगमा गरेको पुनराबेदन मध्ये मधेश प्रदेशका ७ सार्वजनिक निकायका कार्यालय प्रमुखको नांउमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ र २ बमोजिम कार्वाही किन नगर्ने ? भन्ने आदेश गरेको छ भने साहले गरेको पुनराबेदनमा सिरहा नगरपालिकाका कार्यालय प्रमुख बलिराम यादवलाई यस अघि नै १५ हजार जरीवाना गरिसकेको छ ।

आयोगद्वारा आयोजित उक्त समारोहमा सूचना अधिकारी भै उत्कृष्ट काम गरेका ५ जना सूचना अधिकारीलाई र सूचनाको हक प्रचलनमा योगदान गरेको भन्दै आयोगका ४ जना कर्मचारीलाई पुरस्कृत गरेको हो ।

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech