वक्तित्वकला मार्फत जैविक विविधता संरक्षणमा जोड

रबिन्द्र बोहरा

वक्तित्वकला कार्यक्रम मार्फत जैविक विविधकता संरक्षणमा जोड दिईएको छ । बैशाख २३ गते बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ मा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा डिभिजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त अयोजनामा सम्पन्न जैविध विविधता संरक्षणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा बोल्ने सहभागीहरुले जैविक विविधता संरक्षणमा समुहिक रुपमा लाग्नु पर्ने तर्क प्रस्तुत गरेका हुन् ।

अन्तर विद्यालय स्तरमा आयोजित प्रतियोगितमा प्रथम स्थान गरिमा परियार द्धितीय आशिका थारु तृतीय बिजय तेली र सान्त्वना स्थान भुमिका थारुले प्राप्त गर्न सफल भए ।
प्रतियगिताको निर्णायकमा सिद्धेश्वर माध्यामिक विद्यालयका शिक्षक दिर्घराज बजगाई सव डिभिजन वन कार्यालयका राप्तीका प्रमुख बाबुराम पोख्रेल र बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्की रहेका थिए ।
३०० जना विद्यार्थी तथा अभिभावक सहभागी रहेका कार्यक्रममा बोल्ने सबै विद्यार्थीहरुले मानव क्रियकलापकै कारण जैविक विविधता तथा पारस्थितीक पद्धतीमा समस्या उत्पन्न भएकोले अव जैविक विविधतामा प्रत्यक्ष असर पर्ने खालका कार्यहरु रोकिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सिद्धेश्वर माविका शिक्षक नाराण प्रसाद जैशी, इको क्लवका संयोजक जित बहादुर थारु बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले बधाई मन्तव्य राखेका थिए भने सव डिभिजन वन कार्यालय राप्तीका प्रमुख बाबुराम पोख्रेलले स्वास्गत तथा उदेश्यबारे जानकारी गराएका थिए ।
कार्यक्रमको सहजिकरण सिद्धेश्वर माध्यामिक विद्यालयका शिक्षिका द्रौपती थारुले गरेकी थिइन् ।

 

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech