राप्ती सोनारी वडा नं. ४ ले गर्यो सार्वजनिक सुनुवाई

असल शासन प्रतिनिधि

बाँके
राप्ती सोनारी गाउँपालिका वडा नं. ४ ले आव २०८०/८१ को सार्वजनि सुनुवाई कार्यक्रम गरेको छ ।
बास नेपालको सहजिकरणमा बैशाख २३ गते वडा कार्यालयको सभाहलमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सहभागितका सुझाव, सल्लाह तथा प्रश्नका आधारमा ८ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषण भएको छ ।

प्रतिबद्धताहरुमा आगामी सार्वजनिक सुनुवाई कार्यक्रम बृहत जनसहभागितामा गर्ने, खर तथा फुसको छानो भएका नागरिकहरुलाई टिनको छानो प्रद्धान गर्ने कार्यक्रम अविलम्ब अगाडी बढाउने, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्रफिक नियमको पालना गर्न गराउन सचेतनामूलक कार्यक्रम संचालन गर्ने, मौवा तथा अन्य वनजन्य प्राकृतिक स्रोतको व्यवस्थापनका लागि डिभिजन वन कार्यालय र प्रदेश सरकारसँग नीतिगत व्यवस्था गर्न गराउन सहकार्य र समन्वय गरी व्यवस्थापन प्रक्रिया अगाडी बढाउने, खानेपानीको समस्या रहेको टोलहरुमा नागरिकहरुको सक्रियातामा खानेपानी सुविधा उपलब्ध गराउने, सिंचाईको समस्या भोगिरहेका नागरिकहरुको लागि नागरिकहरुकै सहकार्यमा शाखा नहर संचालन गरि सिंचाइको सुविधा उपलब्ध गराउने, वडाबाट प्रदान गरिने कृषि तथा पशु सेवा थप प्रभावकारी बनाउने र लक्षित वर्गका कार्यक्रका लागि बजेट व्यस्थापन गर्ने रहेका छन् ।
सुनुवाईमा प्रश्न गर्ने सहभागिहरुले वडामा सिंचाई तथा खानेपानीको समस्या रहेको, सवारी दुर्घटनाहरु बढ्दै गएको, कृषि तथा पशु सेवा प्रभावकारी हुन नसकेको, मौवाको मूल्य तथा वितरण र खरिद प्रणाली व्यवस्थापन हुन नसकेको लगाएतका विषयहरु उठाएका थिए ।

१५० बढि स्थानीय नागरिक उपस्थित रहेको सार्वजनिक सुनुवाईको प्रमुख जवाफदेही तथा सरोकारवाला वडा नं. ४ का वडा अध्यक्ष र अन्य सरोकारवालाहरुमा ४ जाना वडा सदस्य तथा वडा सचिव होम सुर्य केसी र इलाका प्रहरी कार्यालय बजैपुरका प्रमुख लोकेन्द्र सिँह कार्की रहेका थिए ।
सहभागीहरुका प्रश्नको जवाफमा वडा अध्यक्ष खड्काले सिँचाई तथा खानेपानीको समाधान नागरिकरुको सहयोग, साथ तथा समन्वयमा समाधान गरिने, मौवाको फुलको व्यवस्थापनको लागि प्रदेश सरकारको कार्यविधि बन्दै गरेको र उक्त कार्यविधि बने पश्चात व्यवस्थापन प्रक्रिया अगाडी बढ्ने, लक्षित वर्गका कार्यक्रमका लागि उक्त समूहरुबाट माग भई आएमा बजेट तथा कार्यक्रम तर्जुमा गर्ने बताए ।


बास नेपालका कार्यक्रम संयोजक शोभा थापाले स्वागत गरेको सुनुवाईमा वडा सचिव होम सुर्य केसीले वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सुनुवाईको सहजिकरण बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरले गरेका थिए ।

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech