सामाजिक परिक्षणका बिषयमा नेपालगन्जमा छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उमपहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल बैशाख २४ गते गरिएको छ ।
नेपालगन्ज उमपहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख कमरुद्धीन राईले सामाजिक परिक्षणको प्रतिबेदनमा देखिएका समस्याहरुलाई आधार बनाएर सुधार गर्दै लैजान सबैलाई निर्देशन गरे । नेपालगन्ज उपमहानगरपालिका अन्तरगत सबै शाखाहरुले आआफ्नो जिम्मेवारी प्रभावकारी रुपमा पुरा गरेमा मात्रै नगरपालिकाले प्रगति हासिल गर्ने उनको भनाई थियो । सामाजिक परिक्षणले उपमहानगरपालिकाको राम्रो कुरा र सुधार गर्नुपर्ने कुरा औल्याएको बताउदै प्रतिबेदनको आधारमा कमीकमजोरी भएका ठाँउमा प्रभावकारी काम गर्न उनले जनप्रतिनिधि र कर्मचारीलाई अनुरोध गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काले उपमहानगरपालिकाले गरेका कार्यहरुको प्रगति, समस्या तथा सुझाव महत्वपूर्ण रहेकाले सो अनुसार सुधारका काम गर्ने प्रतिबद्धता गरे । उनले सबै महाशाखा÷शाखालाई प्रभावकारी रुपमा काम गर्न अनुरोध गरे ।


बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक तथा सामाजिक परिक्षक नमस्कार शाहले सामाजिक परिक्षण, प्रक्रिया, नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा गरेका कार्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल, लक्षित समुह छलफल, सन्दर्भ सामाग्री अध्ययन, स्थलगत अवलोकन लगायत बाट प्राप्त तथ्यसँगै उपमहानगरपालिकाको राम्रा पक्षहरु सुधार गर्नुपर्ने पक्ष, समस्या, चुनौतीका बिषयमा प्रश्तुतीकरण गरेका थिए । प्रश्तुतीकरण पश्चात खुल्ला छलफलको क्रममा वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, वढा नम्बर ९ का अध्यक्ष गोबिन्द प्रशाद रेग्मी, वडा नम्बर ११ का नन्द किशोर कश्यप (कहार), नगर कार्यपालिका सदस्य बसन्त कुमार कनौजिया लगायतले बोलेका थिए ।


सामाजिक परिक्षण कार्यक्रम अन्तरगत भएको छलफलको क्रममा प्राप्त सुझावलाई समाबेश गरि नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को सामाजिक परिक्षण अन्तिम प्रतिबेदन सहजिकरण गर्ने संस्थाका तर्फबाट बास नेपालले पेश गरिनेछ । कार्यक्रमको समापन नगर उपप्रमुख राईले गरेका थिए ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech