सबैले सत्कर्म गरौं, सुन्दर सहकार्य गरौं

असल शासन प्रतिनिधि

माया थामी
अध्यक्ष, ह्युमेन रेस्पेक्ट नेपाल

१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु संचालन गरिरहेको छ ?
– हाम्रो संस्थाबाट परिस्थिति र अबस्था अनुसार सहयोग गर्ने सबै खालको काम गर्दै आएको छौ

२. यहाँहरुको कुन–कुन संस्था, निकायसङ्ग रहेको छ ?
– human respect Nepal को बिभिन्न व्यक्ति, संस्थाहरुसँग सहकार्य रहेको छ ।

३. यहाँहरुले कसका लागि कहाँ– कहाँ काम गरिरहनु भएको छ ?
– हामीले सबैको लागि सधै गर्दै आईरहेको सेवानै हो देशको बिभिन्न भेग ठाउँहरुमा रहेका पिडित हरुको उद्धारका साथै वहाँहरुलाई सहयोग गर्ने कार्य गर्दै आएका छौं ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
– सामाजिक क्षेत्रमा काम गर्दा हरेक खालको चुनौतीहरु आउने गरेका छन् । काम गर्ने क्रममा यात्रा गर्ने क्रममा कुनै ब्यक्तिको दुःखद परिस्थितिलाई हरेर उद्धार गर्नको लागि आफुलाई भुलेर आफ्नो चाहाना सपना आबश्यकतालाई त्याग गर्नु पर्ने हुन्छ । आफ्नो परिवार भुलेर आफ्नो ब्यक्तिगत काम त्यागेर समय परिवारको खुशी चाहाना सबै भुलेर एकोहोरो भएर काम गर्नु पर्ने हुन्छ । यसरी काम गर्दा चुनौती बिभिन्न खालका आउँछन्, सामाजिक, नैतिक भौतिक लगायतका समस्याहरु आउँछन् । कहिले कसो आलोचनाको पात्र पनि बन्नु पर्ने हुन्छ तर हामी चाहि कसले के भन्छ तर्फ कहिल्यै लाग्दैनौं र लागेको पनि छैनौं । आज राम्रो गर्ने र आउने समयको लागि राम्रो गर्ने कोशिश गर्दै अगाडि बढ्दैछौ । हामीले जति सोच्द छौ त्यो भन्दा धेरै फरक छ अहिलेको दुनियाँ र अहिले को दुनियाँमा रमाउने मान्छेहरु यो भिडमा यात्रा गर्दा यो भिडमा सत्कर्मलाई अगाडि बढाउँदा खेरी सबै खालको चुनौती भोग्नु पर्छ । यसलाई स्भाविक रुपमा लिनुपर्दछ ।

 

५. आगामी योजना र कार्यक्रम के छ ?
– पिडामा भएका पीडितहरुको आँसु पुछ्ने, बिभिन्न चेतनामुलक कार्यक्रमहरु आयोजना गर्नुका साथै निरन्तरत सामाजिक कार्यहरु गर्नेनैं हाम्रो काम र आगामी योजना हो ।

६. अन्तमा के भन्नु हुन्छ ?
– सामाजिक बिचार राख्न को लागि सहयोगी मेरो मनमा आत्मा साथ साचि रहिरहेका सामजिक भावाना हरुलाई ब्यक्त गर्नको लागि यो ठाउँ दिनु भयो त्यस्को लागि बिशेस धन्यवाद । साथै जो जतिले मेरो बिचार पढिराख्नु भएको छ यहाँहरु सबैलाई बिशेस धन्यवाद छ । आउनुस होस् हामी सगै एक हौ, सबैले सत्कर्म गरौं, सुन्दर सहकार्य गरौं, सबैलाई सधंै भरीलाई हुने बृहत सामाजिक परिबर्तनको कार्यक्रम गर्दै जाउँ । धन्यवाद ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech