सामुदायिक विकास र सामाजिक परिचालन

हरि प्रसाद जोशी

विकासलाई शब्दको रुपमा मुल्यवान र अवधारणागत रुपमा निकैनै प्रभावकारी मान्न सकिन्छ । यो एउटा सकारात्मक संरचाना अन्तरगतको परिवर्तित स्वरुप हो । एउटा परिवर्तन तथा निरन्तर चलिरहने नयाँ अवस्थाको सुरुवात र स्थापना हो । अतः मानव समुदायको जीवन पद्धतीको स्वनिर्भर, सकारात्मक र स्वपरिचालित अवस्था नै विकास हो : जसमा मानवीय र सामाजिक पक्ष पूर्ण रुपमा समेटिएको हुन्छ । विकासलाई वहुपक्षिय पक्रियाको रुपमा लिईएको छ । वहुआयामिक सामाजिक सवालहरुलाई दिगोपना, निवारण, नियन्त्रण र न्युनिकरणमा आर्थिक वृद्र्धिलाई सकारात्मक विश्लेषणवाट माथि उठि सामाजिक पूजिको महत्वलाई जोड दिदै समानता तर्फ केन्द्रित गरेको पाईन्छ ।

समाजका मानिसहरुलाई समाज र राष्ट्रको विकासका लागि चिन्तनशिल वनाउनु, सरोकार युक्त वनाउनु, संलग्नता गराउनु र त्यसवाट लाभ लिन सक्ने वन्नुनै सामाजिक परिचालन हो । विकास अभियान र सार्वजनिक सेवा प्रवाह लगायत समाज विकासका सवै क्षेत्रमा समाजको भूमिका र योगदान वढाउने वाटो पनि सामाजिक परिचालन हो । यसरी परिभाषाका आधारमा सामाजिक परिचालन खास गरेर समाजका वञ्चितिकृत समुह–समुदायको सशक्तिकरण र क्षमता विकास गर्दै विकास प्रक्रियाका हरेक चरणमा आफ्नो सहभागिता देखाउन सक्ने र आफ्नो जीवनमा प्रतिक्ल असर पार्ने हरेक क्रियाकलापमा उचित तथा अर्काे निर्णय गर्न सक्ने वनाउने प्रक्रिया नै हो भन्न सकिन्छ ।

समुदाय परिचालनले निश्चित भौगोलिक तथा राजनीतिक, सांस्कृतिक सीमाभित्रका मानिसको परिचालन र सामाजिक परिचालनले व्यापक, वृहत, फराकिलो जटिल क्षेत्रमा मानिस परिचालन गराउनेलाई वुझाउछ । सामाजिक परिचालन गर्दा खासगरि संगठन निर्माण तथा प्रवद्र्धन शिक्षा, तालीम तथा सीप विकास, आयको सृजना, समुदायको गुणत्मक विकास, चेतनामुलक कार्यक्रम आदि पक्षलाई शिर्ष स्थानमा राखेको हुन्छ ।

सामाजिक परिचालनको माध्यमबाट विपन्न तथा विकासको मूल प्रवाहवाट पछाडी परेका नागरिकहरुलाई उनीहरुको काम, कर्तव्य, तथा हक, अधिकारका वारेमा चेतनशील गराई मुलुकको विद्यमान सम्पूर्ण आर्थिक सामाजिक संरचनालाई विकासको मूलधारमा ल्याउन र नागरिकको आवाज एवम् मागलाई सम्वोधन गर्नका लागि नेपाल सरकारले आशा,अपेक्षा तथा उद्देश्य राखेको छ । साथ साथै सेवा प्रवाहलाई समावेशी, उत्तरदायी एवम् जवाफदेही बनाउन सरकारी, गैर सरकारी, निजी तथा समुदायमा आधारित निकायहरु समेतको सहकार्यमा स्थानीयस्तरबाट नै गरिबी न्यूनीकरण र दीगो विकासको अवधारणालाई संस्थागत गर्दै सम्मृद्ध नेपाल निर्माण गर्ने कार्यमा सहयोग पु¥याउन नेपाल सरकारबाट “सामाजिक परिचालन कार्यविधि, २०७१” जारी गरी लागू गरिएको छ ।

 

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech