समस्या समाधान गर्दै अघि बढ्दै

असल शासन प्रतिनिधि

शर्मिला बि.सी.
मनोबिमर्शकर्ता, टिपिओ नेपाल, सुर्खेत

१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल केके कार्यक्रमहरु संचालन गरिरहेको छ ?
– ४ बर्ष देखि म टिपिओ नेपालमा कार्यरत छु, संस्थाले मनोसामाजिक तथा मानसिक स्वास्थ्य प्रबद्र्धनको क्षेत्रमा काम गर्छ ।

२. यहाँहरुको कुन, कुन संस्था, निकायसङ्ग रहेको छ ?
– यस संस्थाले संघिय सरकार, स्थानीय सरकार लगायत बिभिन्न संस्थाहरुसँग सहकार्य रहेको छ ।

३. यहाँहरुले कसका लागि कहाँ, कहाँ काम गरिरहनु भएको छ ?
– हिंसा प्रभावित, द्वन्द प्रभवित, लागु औषध दुव्र्यसनिमा संलग्न ब्यक्तिहरु, अन्य समस्यामा परेका बालबालिका, महिला तथा मनोसामाजिक समस्या भएका ब्यक्तिहरुका लागि हामीले काम गरिरहेका छौं ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के, के चुनौतीहरु सामना गर्नु परेको छ ?
– काम गर्दा केही चुनौतिको सामना गर्नैपर्छ जस्तै सेवा गर्दा मनोसमाजिक समस्या भयका ब्यक्तिहरुसंग काम गर्दा सोचे भन्द फरक नतिजा आउने गर्दछ । कहिले काहिँ घटना ब्यवस्थापन गर्दा सेवाग्राही अनुकुल सेवा प्रवाह गर्न सकिदैन कहिले कहि धम्की त्रासहरुको पनि सामना गर्नुपर्ने अवस्था आउँछ तर जे जस्तो समस्या आए पनि समस्या समाधान गर्दै अघि बढ्ने काम भईरहेको छ ।

५. आगामी योजना र कार्यक्रम के छ ?
– गरिरहेको काम र सेवालाईनै निरन्तरता दिने र सामाजिक काम र अभियानमा थप मेहनत गर्ने योजना रहेको छ ।

६. अन्तमा के भन्नु हुन्छ ?
– सबैलाई मानसिक स्वास्थ्यमा केही समस्या परे हामीलाई सम्पर्क गर्न अनुरोध गर्दछु ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech