६ प्रश्नमा प्रबिण गिरी

माधव कार्की

प्रबिण गिरी
सह-प्रधानाध्यापक, सिद्धार्थ बिद्यासदन नेपालगञ्ज ६ फुलटेक्रा

१. तपाईको जीवनको आर्दश के हो ?
– मेहनत, लगनशीलता तथा ईमानदारिता नै मेरो जिवनको आदर्श हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– मेरो बुवा, आमा,दाई, गुरु तथा जिवन सङ्गिनिको उत्प्रेरनाले यहाँ सम्म आइपुगेको हँु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आफु समाजको अभिन्न अङ्ग भएकोले यसको समग्र बिकासको लागि चाहिने पुर्वाधार बिकासमा मैले आफ्नो तर्फबाट सहयोग र शिक्षाको माध्यमबाट जनचेतना जगाउने काम गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– अचानक सानै उमेरमा बुवा गुमाउँदाको क्षण मेरो जिन्दगीको अविस्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– सरकार वा संस्था भित्रको पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र प्रभावकारी निर्णय गर्ने सिद्धान्त र अभ्यास नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
समानता र न्याय,भौतिक सुरक्षा ,आर्थिक समृद्धि,पर्यावरणीय दिगोपन, लोकतान्त्रिक शासन,मानव अधिकार,द्वन्द्व समाधान, निरन्तर सुधार लगाएतका क्रियाकलाप ब्यबस्थापनमा भुमिका खेल्नु साथै समाज र बिभिन्न तहका सरकारलाई झक्झक्याउनु समाजप्रतिको मेरो प्रतिबद्धता रहेको छ ।

 

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech