छ प्रश्नमा समिर कुमार गुरुङ

असल शासन प्रतिनिधि

समिर कुमार गुरुङ
सदस्य, भेरी अस्पताल बिकास समिति नेपाल, नेपालगञ्ज

१.तपाँईको जीवन को आदर्श के हो ?
– समाज सेवा र समाजबादी ब्यवस्था लाई अङिगार गर्नु नै मेरो जीवन को आदर्श हो ।

२.कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो?
– मेरो आमा बुवाको प्रेरणा र अझै भन्नु पर्दा मेरो बुवा स्वास्थ्यकर्मी भएका कारण पनि मलाई यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको हो ।

३.तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– शुरुवाती चरणमा शिक्षक पेशामा आबद्ध भए पनि उछि केही समय मानव बेचबिखन बिरुद्धमा काम गरे भने हाल आएर बिशुद्ध समाजसेवा गर्ने उद्धेश्यका साथ भेरी अस्पताल बिकास समितीको सदस्य पदमा रहेर काम गर्दै आएको छु । भेरी अस्पतालमा उपचारार्थ आएका बेसाहारा, आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको समस्यालाई सम्बोधन गर्दै सहजिकरण गर्ने काम गरिरहेको छु । बिरामीको बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि काम गर्दै आएको छु । साथै म स्वयं आफैले कोरोनाकालको अबस्थालाई मध्यनजर गरेर मानिस लाई धन सम्पती भन्दा पनि जिवन नै ठुलो रहेछ भन्ने लागेर यस क्षेत्रको अवस्थालाई सुधार गर्न सकिन्छ भनेर लागि परेको छु ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो?
– कोरोनाकालमा मलाई कोरोना पोजेटिभ देखिएपछि उपचारार्थ अस्पतालमा आउँदा मैले हात जोडेर बचाउनुस भन्दा पनि डक्टरले नसुने पछि निकै दुख लागेको थियो । सँगै वरिपरि रहेका बेडका बिरामीहरुको मृत्यु भएको देख्दा अब त मरिन्छकि भन्ने डर लागेको थियो तर पनि पछि नर्सले धेरै सहयोग गरेपछि बाँच्न सफल भईयो त्यो नै मेरो जिवनको अबिश्मरणिय क्षण रहेको छ ।

५.तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– जनाताको हित र कल्यानका लागि असल र जनुमुखी शासन नै असल शासन हो । शक्ति र श्रोत को परिचालन गर्ने विधि हो पनि असल शासन हो ।

६.समजका लागि तपाईको प्रतिबद्धता के छ ?
– समाजका लागि सबैको दायित्व बराबरी हुन्छ । म भन्दा पनि हामी भन्ने भावना को बिकास हुनुपर्छ । समाज बिकासका लागि स्वच्छ भावनाले लाग्नु नै समाजका लागि मेरो प्रतिबद्दता छ । अस्पतालमा देखा पर्ने ठुला ठुला समस्याहरु भन्दा पनि साना साना कुरालाई ब्यवस्थित गरेर लैजाने मेरो प्रतिबद्धता रहेका छ । जनशक्तिको अभावमै रुमल्लिरहेको भेरी अस्पताल लाई आफुले अस्पताल बिकास समितीको सदस्यमा रहदै गर्दा सके सम्म समास्यालाई सुधार गर्न पहल गर्नेछु ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech