सबै ईमान्दार बनौं

असल शासन प्रतिनिधि

बासु गौतम
अध्यक्ष, लुम्बिनी विश्व शान्ति मञ्च

१. तपाईंको नेतृत्वमा रहेको संस्थाले हाल के–के कार्यक्रमहरु संचालन गरिरहेको छ ?
– सन् २०७२ मा स्थापना भएको लुम्बिनी विश्व शान्ति मञ्चले मुख्यगरी गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई संसार भरी परिचित गराउने उद्देश्यले २० वटा भन्दा बढी मुलुकहरुमा लुम्बिनी विश्व शान्ति प्रदर्शनी, लुम्बिनी र वरिपरी रहेका समुदायहरुलाई उध्यमशिलता तालिम, बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी शान्ति महोत्सव, पर्यावरण संरक्षणको क्षेत्रमा “१० लाख तथा संरक्षण अभियान”, लुम्बिनी विश्व शान्ति सम्मान लगायत बिषयमा केन्द्रित रही काम गर्दै आएको छ । त्यसैगरी, बिपद र प्रकृतिक प्रकोपमा प्रभावित परिवार लाई सहयोग जस्ता बिषयहरुमा कार्य गर्दै आएको छ ।

२. यहाँहरुको कुन–कुन संस्था, निकायसङ्ग रहेको छ ?
– लुम्बिनी विश्व शान्ति मञ्चले हाल नेपालका बिभिन्न बैंक तथा वित्तिय क्षेत्रहरु सित सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना कार्यक्रम अभियानहरु सञ्चालन गर्दै आएको छ ।

३. यहाँहरुले कसका लागि कहाँ– कहाँ काम गरिरहनु भएको छ ?
– लुम्बिनी विश्व शान्ति मञ्चले आफ्नो सांस्कृतिक आदान–प्रदान गतिबिधी मार्फत विभिन्न संस्कृति र राष्ट्रहरू बीच शान्ति, सद्भाव र समझदारी प्रवर्द्धन गर्न कला–प्रदर्शनी, गोष्ठी, अन्तरकृया आदी पनि आयोजना गर्दै आएको छ। हाम्रा कार्यक्रमहरु प्रायः द्वन्द्व समाधान, अन्तरविश्वास संवाद, र दिगो विकास जस्ता मुद्दाहरूमा केन्द्रित हुन्छ । हाम्रो “दश लाख वृक्षरोपण तथा संरक्षण अभियान” दिगो बिकास लक्ष्य सित जोडीएको पहल हो ।

४. सामाजिक क्षेत्रमा काम गर्दा के–के चुनौतीहरु सामना गर्नु परेको छ ?
– नेपालका अन्य सामाजिक क्षेत्रमा कार्यरत संघ–संस्थाहरुले जस्तै लुम्बिनी विश्व शान्ति मञ्चले पनि विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्, जसमाः सीमित श्रोत–साधनः हामीलाई प्रायः आफ्ना अभियानहरुलाई निरन्तरता दिन, योजनाहरू कार्यान्वयन गर्न र आफ्नो पहुँच विस्तार गर्न पर्याप्त श्रोत जुटाउन संघर्ष गर्नु पर्छ । हामीले सामना गरिरहेका चनौतीहरु यस प्रकार रहेका छन् ।
क्षमता अभिवृद्धि : सीमित मानव संसाधन, प्राविधिक विशेषज्ञता, र संगठनात्मक क्षमताले हाम्रो जस्तो सानो गैरसरकारी संस्थाहरूको उद्देश्य पूरा गर्नको लागि प्रभावकारिता र दक्षतामा बाधा पुग्ने गरेको छ ।
सरकारी नियमहरूः जटिल नियामक आवश्यकताहरू र नोकरशाही प्रक्रियाहरूले नेपालमा साना गैरसरकारी संस्थाहरूको दर्ता, सञ्चालन र प्रशासनमा अवरोध खडा गरेको छ।
भौगोलिक बाधाहरूः नेपालको दुर्गम भूभाग र दुर्गम क्षेत्रमा पूर्वाधारको अभावले हामीलाई आफ्नो अभियान सीमान्तकृत समुदायहरूमा पुर्याउन र प्रभावकारी रूपमा सेवाहरू प्रदान गर्न गाह्रो बनाएको छ।
प्रतिस्पर्धाः नेपालमा सञ्चालित धेरै गैरसरकारी संस्थाहरूसँग, साना संस्थाहरूले कोष, साझेदारी, र सामुदायिक सहयोगका लागि कडा प्रतिस्पर्धाको सामना गर्नु परेको छ।
राजनीतिक अस्थिरताः राजनीतिक अस्थिरता, सरकारी नीतिमा परिवर्तन र भ्रष्टाचारले नेपालमा सञ्चालित साना गैरसरकारी संस्थाहरूका लागि अनिश्चितता र चुनौतीहरू सिर्जना गरेको छ ।
सांस्कृतिक र भाषिक अवरोधहरूः नेपालको विविध सांस्कृतिक र भाषिक परिदृश्यलाई बुझ्ने र नेभिगेट गर्नु विशेष गरी सीमान्तकृत वा अल्पसंख्यक समूहहरूसँग काम गर्नेहरूका लागि चुनौतीपूर्ण छ।

५. आगामी योजना र कार्यक्रम के छ ?
– लुम्बिनी विश्व शान्ति मञ्चले विगतमा जस्तै नेपाल र लुम्बिनीलाई विश्व भर चिनाउन, बिभिन्न देशका युवाहरु नेपाल निमन्त्रणा गरेर वार्षिक रुपमा नै लुम्बिनी सम्मेलन आयोजना गर्ने, दिगो बिकासको अवधारणालाई गांउ–गांउ सम्म पुर्याउने, पर्यावरण संरक्षणको क्षेत्रमा वृक्षारोपण, संरक्षण, हरित अर्थतन्त्र, हरित उध्यमशिलता र आत्मनिर्भरता साथै महिला शसक्तिकरणको क्षेत्रमा निरन्तर अभियान तथा कार्य गर्ने नै हाम्रो योजना हो।

६. अन्तमा के भन्नु हुन्छ ?
– नेपाल अहिले गहिरो संकटबाट गुज्रिरहेको आभाश हुन्छ। युवाहरुमा चरम निराशा छाएको देखिन्छ। देश भित्र बस्न नसकिने र केही गर्न पनि ठुलो चुनौतीको सामना गर्नु पर्ने आम जनधारणा रहेको छ। यो नकारात्मक सोचलाई चिर्दै सबैले इमान्दार भएर आ–आफ्नो ठाउँ र जिम्मेवारी गर्न सके पक्कै पनि देशले नयाँ र प्रभावकारी लय समात्थ्यो होला भन्ने लाग्छ।

 

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech