दलालहरुको धम्कि हाम्रो लागि चुनौती

माधव कार्की

सरस्वती शर्मा
संयोजक, साथी संस्था, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– जिल्ला प्रशासन कार्यालय बाँकेमा २०५२ सालमा बिधिवत रुपमा दर्ता भएर महिला तथा बालबालिकाहरु माथि हुने सबै प्रकारको हिंसा र शोषणबिरुद्ध सामाजिक जागरण एबं जनचेतना मुलक अभियान चलाउनुका साथै बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई परामर्श तालिमका साथै आत्मनिर्भर बनाउने बिभिन्न किसिमका तालिमहरु दिदै आएको छ । शुरुमा घरेलु हिंसामा परेका महिला तथा बालबालिकाहरुको हकहितमा काम गरेता पनि पछि लैगिंक हिसांमा परेका महिला दिदीबहिनीहरुलाई बेचबिखनमा पर्नबाट रोकेर उनीहरुको सुरक्षित उद्धार गरी परिवार तथा समाजमा सम्मान जनक पुर्नस्थापना र पुर्नमिलन गराउने काम गर्दै आएको छ । मानव बेचबिखनका बिरुद्ध काम गर्दे आएको यस साथी संस्थाले देशै भरीमा काठमान्डौंं, महेन्द्रनगर, कपिलबस्तु र नेपालगञ्जमा गरी ४ वटा पुर्नस्थापना केन्द्र सञ्चालन गरेको छ । नेपालगञ्जको भन्सार कार्यालयमा चेक पोष्ट राखेर भारत जाँदै गरेका महिला तथा बालबालिकाहरुलाई निगरानी गर्दै उनीहरुको सुरक्षित उद्धार गर्दै आएको छ । परामर्श पश्चात उनीहरुको परिवारसँग समन्वय गरेर नेपालगञ्ज स्थित परामर्श केन्द्रमा राखेर उनीहरुलाई सिपमुलक तालिमहरु जस्तै सिलाई कटाई, पोते बनाउने लगायत बिभिन्न तामिहरु दिदै आएका छौं ।
साथै साथी संस्थाबाटनै जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा परामर्श केन्द्र सञ्चालन गररहेका छौं । जस्ले पासपोर्ट बनाएर बिदेश जाँदै गरेकाहरुलाई परामर्श सेवा दिदै आएका छ । सकभर बिदेस जान नहुने र जानै पर्ने भए पनि कुनै पनि सिपहरु सिकेर जानका लागि उक्त परामर्श केन्द्रलेले सेवा दिदै आएको छ ।
बिभिन्न बहानामा र कोही आफन्तको साथ भनेर भारत जाँदै गरेकाहरुलाई नाकामा रहेका चेक पोष्टमा शंका लागेमा सोधपुछ गरी उनीहरुको उद्धार पश्चात परामर्श प्रदान गर्नुका साथै स्वास्थ्य चेक अप गर्छौं भने कानुनी सहायताका साथै उद्धार पश्चात घर जान नमान्ने र घरका अविभावकले नस्वीकारेको अवस्थामा सीप मुलक तालिमहरु दिएर पुर्नस्थापना गर्ने काम गरिरहेका छौं । जस्का लागि नेपालगञ्जमा २५ जना राख्न मिल्ने पुर्नस्थापना केन्द्र सञ्चालन संस्थाले गरिरहेको छ ।

२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– सुरुवाती चरणमा प्लान नेपालसँग सहकार्य हँुदै हाल नेपाल सरकार, प्रदेश र स्थानिय पालिकाहरुसँग सहयोग सहकार्य हुँदै आएको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– मानब बेचबिखनमा परेका र बेचबिखनमा पर्दै गरेका महिला तथा बालबालिकाहरुको उद्धारको लागि सिमाबर्ती क्षेत्रमा रहेका सबै जिल्ला जसमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके दाङ र कपिलबस्तु सम्म हामीले काम गर्दै आएका छौं ।

४.हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– नेपाल भारत बोर्डर सिमानमा परामर्श केन्द्र स्थापना गरेर काम गर्नुका साथै भारतको बहराईचमा बेचिन पुगेकी महिलाको उद्धार गर्न सफल भएका छौं । दलालको लहै लहैमा भारत तर्फ जाँदै गरेका महिलाईहरुलाई संस्थाले उद्धार परामर्श गरेका दिदीबहिनीहरु हाल स्थानिय सरकारको वडा सदस्यहहरुमा रहेर काम गर्दै आएका छन् । दैनिक जसो कुनै न कुनै माध्यमबाट भारत प्रबेश गर्न लागेका महिला तथा बालबालिकाहरुलाई परामर्स गर्दै आईरहेका छौं । धेरै दिदिबहिनीहरु उद्धार पछिको पुर्नस्थापना पश्चात सिपमुलक तालिम लिएर अहिले आफ्नै पेशा ब्यवसाय गरेर बसीरहेका छन् । साथी संस्थाबाटै आर्थिक सहयोग पाएका र आफ्नो ब्यवसाय सञ्चालन गर्न चाहेका महिलाहरुले हाल नेपालगञ्जमै ठुलो ठुलो ब्यवसाय सञ्चालन गरेर अन्यलाई रोजगारी दिदै आएका छन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– हामी महिला भएकाले पनि आफैमा यो अभियानमा लाग्न निकै चुनौती रहेको छ । साथै खुल्ला सिमानाका कारण नेपाल भारत सँग उद्धारका लागि कानुनी रुपमा नीति र सम्झौता नभएका कारण चुनौती त रहेकै छ भने बिभिन्न माध्याम बाट महिला तथा बालबालिका हरुलाई बिदेश लग्न पल्केका दलालहरुले हामीलाई धम्की दिईरहेका हुन्छन् त्यो निकै चुनौतीको बिषय रहेको छ । ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– नियमित क्रियाकलाप गर्नुका साथै मानव बेचबिखन रोक्न र बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार पश्चात उनीहरुको पारिवारीक मिलनलाई सहजता तुल्याउन लागि पर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
मिडियाको माध्याम बाट बिभिन्न संघ संस्थाहरुका गतिबिधिहरु बाहिर ल्याउने काम गरेको मा असल शासन मिडियालाई धेरै धेरै धन्यवाद छ ।

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech