१६औं पूण्यतिथीमा दुई जनालाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १६ औं बार्षिक पूण्यतिथीमा दुई जनालाई सहयोग गरेको छ ।
बास नेपालद्वारा नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथीमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ कि १२ बर्षिया बालिका तेजिका महतरा र नेपालगन्ज २२ का निखिल कुमार यादबलाई जनही रु. ५ हजार सहयोग प्रदान गरिएको छ ।
नेपालगन्ज १ कि तेजिकाको काठमाण्डौं स्थित कान्तीवाल अस्पतालमा उपचार भईरहेको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भईरहेको छ ।

यसैगरी वडा नम्बर २२ का निखिल मंगल प्रशाद माबिमा कक्षा १० मा अध्ययनरत रहेका छन् । बुवाले मजदुरी गर्ने उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले अध्ययनका लागि सहयोग गरिएको हो ।
कार्यक्रममा उपचाररत तेजिकाका मामा मिन अर्याल र निखिल यादबलाई बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, दिदि बहिनी समाजका अध्यक्ष रमा देबि शाह, बास नेपालका केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय सचिब दिला शाहले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।
बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो । कार्यक्रममा बास नेपालका निर्वतमान अध्यक्ष रमेश सिटौलाले पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको व्यक्तित्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा दिदि बहिनी समाजका अध्यक्ष तथा स्व। रुक्मीणी शाहका मुवा रमा देबि शाह, बासका केन्द्रीय सचिब दिला शाहले बोलेका थिए ।
कार्यक्रम समापन गर्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले आगामी बर्षहरुमा रुक्मीणी अक्षय कोष मार्फत थप कार्य गर्दै जाने बताए । कार्यक्रममा बास नेपालका पदाधिकारी, सदस्य, स्वयंसेवक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

  • २७ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech