राप्तीसोनारी १ ले गरयो सार्बजनिक सुनुवाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  राप्तीसोनारी गाउँपालिका वडा नं. १ ले आव २०८०/८१ को सार्वजनि सुनुवाई कार्यक्रम गरेको छ ।

बास नेपालको सहजिकरणमा बैशाख ३१ गते खासकुष्मा बजारमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सहभागिहरुका सुझाव, सल्लाह तथा प्रश्नका आधारमा ८ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषण भएको छ ।

प्रतिबद्धताहरुमा आगामी बिभिन्न टोलमा भएका खानेपानी ईनार कुवा ब्यवस्थापनका लागि वडाका जनप्रतिनिधि र उपभोक्ता सहित टोली बनाई सरसफाई गर्ने, नदि र खोलाको कटानबाट हुने क्षतिलाई ब्यवस्थापन गर्न तटबन्धनको कार्य गर्न गाँउपालिका र सम्बन्धित निकायसँग समन्वय गरि आवश्यक पहल गर्ने, वडा भित्रको फोहोरमैला ब्यवस्थापनका लागि फोहोर बिसर्जन केन्द्र सञ्चालन गर्न उपयुक्त स्थानको खोजी गर्न आबश्यक पहल गरी समस्या समाधान गर्ने, वडाका सबै टोलमा घरदैलो अभियान मार्फत स्वास्थ्य सँग जोडिएका बिषयमा परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक बर्षको योजनामा प्राथमिकताका साथ समाबेश गर्ने, वडा भित्रको कृषि योग्य क्षेत्रमा सिंचाई सुबिधा उपलब्ध गर्नका लागि आगामी आर्थिक बर्षको योजना तथा कार्यक्रममा सम्बोधन गर्न सम्बन्धित निकाय सँग समन्वय गर्नुका साथै आबश्यक्ताका आधारमा यसै आर्थिक बर्ष भित्र बोर्डिङ जडान गर्ने, महिला स्वास्थ्य स्वयंसेबिका आबश्यक भएका टोलमा स्वयंसेबिकाको ब्यवस्थापन गर्न आबश्यक पहल गर्ने, वडाका सबै टोलमा आबश्यक्ताको आधारमा क्रमागत रुपमा बिकास निर्माणका कामहरु गर्दै जाने, वडा भित्रको बजार क्षेत्र र आबश्यक क्षेत्रमा सडक बत्ती जडान गर्न आबश्यक पहल गर्ने लगायतका रहेका छन् ।

सुनुवाईमा प्रश्न गर्ने सहभागिहरुले वडामा सिंचाई तथा शुद्ध खानेपानीको समस्या रहेको, कृषि तथा पशु सेवा प्रभावकारी हुन नसकेको, बर्षामा आउने ठारो खोलाले जमिन कटान गर्ने समस्या भएको, बजारमा फोहोर ब्यवस्थापन हुन नसकेको, वरिपरी खोलाहरु भएपनि सिंचाईको सुबिधा हुन नसकेको, भौगोलिक अवस्थाका कारण महिला स्वास्थ्य स्वयंसेबिकाहरुले सेवा दिन कठिनाई भएको, गाँउ टोलहरुमा वडा र स्वास्थ्य कर्मचारीहरुबाट स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने लगायतका गुनासाहरु राखेका थिए ।

जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्यस्वयंसेबिकाहरु, आमा समुहहरु, बिभिन्न टोल बिकास समितिका पदाधिकारहिरु, सामुदायिक बन उपभोक्ता समितिहरु र बिभिन्न बिद्यालयहरुका प्रधानाध्यापकहरु गरी १३० बढि स्थानीय नागरिक उपस्थित रहेको सार्वजनिक सुनुवाईको प्रमुख जवाफदेही तथा सरोकारवाला वडा नं. १ का वडा अध्यक्ष यम बहादुर खड्का र अन्य सरोकारवालाहरुमा ४ जना वडा सदस्य तथा वडा सचिव महेन्द्र खड्का, खासकुष्मा स्वास्थ्य चौकीका ईन्चार्ज अमर सिंह महत्तरा र इलाका प्रहरी कार्यालय कुसुमकाका प्रमुख दोर्ण बहादुर खड्का रहेका थिए ।

बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास पारेको सुनुवाईमा वडा सचिव महेन्द्र खड्काले वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सुनुवाईको सहजिकरण बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

  • ३१ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech