६ प्रश्नमा ईश्वर दाहाल

असल शासन प्रतिनिधि

इश्वर दाहाल
प्रमुख, गौरीशंकर बालगृह, दोलखा

१. तपाईंको जीवनको आदर्श के हो ?

– मेरा कारणले कोही कसैले दु:ख खेप्न नपरोस् साथै सबैको बनेर बाँच्न पाइयोस् यहीँ नै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– स्वयं जीवनको भोगाइ र वास्तविकतालाई पहिचान गरेकालेनै यहाँ सम्म पुगेको जस्तो लाग्छ ।

३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
– हाम्रो समाजमा रहेको आपसि सद्भाव सहयोगका साथै मानविय भावनाले समाजका लागि राम्रो गर्ने क्रममा छु ।

४. तपाईंको जीवनको अविस्मरणीय क्षण ?
– केही केही छन् जसले म यो ठाउँमा छु सबै वर्णन गर्दा लामो फेहरिस्तनै बन्छ । पाएको जिम्मेवारी बहन गर्न पाउँदा हर्ष लाग्छ ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
– कम्तीमा पनि व्यक्ति समाज र राष्ट्रका लागि आफु सहि ठाउँमा रहेको अनुभत गर्न सकियो । गुनासो भन्दा पनि हरक्षेत्रमा प्रश्न गर्ने बानिले केही परिवर्तन महशुस गर्न सकिन्छ भने त्योनै असल शासन हो।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– समाजमा आफु जिवन्त रहेको महसुस समाजले गर्न सकोस् भन्ने लाग्छ ।

 

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech