सन्दिप लामिछानेलाई सफाई

असल शासन प्रतिनिधि

काठमान्डौ/ क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।

लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा आज सफाइ दिएको हो ।

उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती र सुदर्शन भट्टको संयुक्त इजलासले लामिछानेलाई सफाइ दिएको हो ।

उच्च अदालत पाटन क्षेत्र वरपर लामिछाने समर्थकहरुको भिड लागेको छ भने बाक्लो सुरक्षाकर्मी परिचालित छन् ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

 

  • २ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech