बिनौनामा सार्वजनिक सुनुवाइ

असल शासन प्रतिनिधि

नेपालगन्ज/राप्तीसोनारी गाउँपालिका वडा नं. ५ को आव २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र बास नेपालको सहजिकरणमा बिनौनामा सो सार्वजनिक सुनुवाईसम्पन्न भएको हो ।

वडा कार्यालयले आव २०८०/८१ मा सम्पन्न गरेको योजना, कार्यक्रम र सेवाको वारेमा समिक्षा गर्दै आगामी वर्षको योजना तर्जुमाका लागि नागरिकहरुबाट सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइमा सहभागिहरुले, कृषि तथा पशु सेवा प्रभावकारी हुन नसकेको, गौसालाका ग्वालाहरुले पाउने सेवा नपाएको, कतिपय क्षेत्रमा बिधुतको पोल नभएको, महिलाहरुका लागि संचालन हुने सिपमुलक तालिमको विषयमा सबैलाइ जानकारी नहुने गरेको, सामुदायिक बिध्यालयमा विद्यार्थीहरुको आकर्षण घट्दै गएको, गुणर्स्तरिय शिक्षामा ध्यान दिनुपर्ने, बाटो बन्न बाँकी क्षेत्रमा बाटो निर्माण हुनुपर्ने, टोल विकास समितिको भुमिका प्रभाकारी हुनुपर्ने, सामाजिक विकास, पर्यटन प्रवद्र्धन र पर्यावरणका लागि वजेट विनियोजन हुनुपर्ने लगायतका विषयहरु उठान गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सहभागिहरुका सुझाव, सल्लाह तथा प्रश्नका आधारमा ८ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषण भएको छ । प्रतिबद्धताहरुमा वडामा रहेका सबै संघसंस्थाको विवरण वडाको तथ्याँकमा अभिलेखिकरण गर्ने, सामुदायिक बिध्यालयमा विद्यार्थीको आकर्षण बृद्धी गर्न र शिक्षाको गुणर्स्तर बृद्धि गर्न नियमित अनुगमन गर्ने, वडामा गठन भएका टोल विकास संस्थाको भुमिकालाइ प्रभावकारी बनाउने, वडाभित्र रहेका तालतलैया, मठमन्दिर सार्वजनिक संरचनाको संरचनाको संरक्षण गर्न र पर्यटन विकासका लागि आवश्यक वजेट ब्यवस्थापन गर्ने, गौसालामा कार्यरत ग्वालाहरुको लामो समयदेखि मासिक तलव नपाएको गुनासो आएकाले समस्या समाधानका लागि सर्वपक्षिय छलफल गर्ने, बिधुतको पोल नभएको क्षेत्रमा पोल ब्यवस्थापनका लागि बिधुत कार्यालयसंग समन्वय गर्ने र वडाका सबै टोलमा आबश्यक्ताको आधारमा क्रमागत रुपमा बिकास निर्माणका कामहरु गर्दै जाने रहेका छन् ।

जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्यस्वयंसेबिकाहरु, आमा समुहहरु, बिभिन्न टोल बिकास समितिका पदाधिकारहिरु, सामुदायिक बन उपभोक्ता समितिहरु र बिभिन्न बिद्यालयहरुका प्रधानाध्यापकहरु गरी १५० बढि स्थानीय नागरिक उपस्थित रहेको सार्वजनिक सुनुवाईको जवाफदेही तथा सरोकारवाला वडा नं.  ५ का वडा अध्यक्ष झगरु थारु, वडा सदस्यहरु, वडा सचिब हुमा कुमारी डाँगी, स्वास्थ्य चौकीका प्रतिनिधि नारायणी भण्डारी र इलाका प्रहरी कार्यालय प्रतिनिधि लगायत रहेका थिए ।
बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास पारेको सुनुवाईमा वडा सचिव हुमा कुमारी डाँगीले वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सुनुवाईको सहजिकरण बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

  • ३ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech