गेरुवामा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / गेरुवा गाँउपालिका बर्दिया र बास नेपालको सयुक्त आयोजनामा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन भएको छ ।

लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत पालिका भित्रका युवायुवतीहरलाई सरकारी सेवा प्रति प्रोत्साहन गर्न गेरुवा गाँउपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा उक्त तालिमको आयोजना गरिएको हो ।

३० दिने निशूल्क लोक सेवा तयारी कक्षाको बिहिवार उद्घाटन सत्रमा बोल्दै गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिंह केसीले पालिका भित्र बसोबास गर्ने धेर्रै बिद्यार्थीहरु सरकारी सेवामा प्रबेश गर्न रुची भएका तर त्यसका लागि तयारी कक्षा लिन नेपालगञ्ज सुर्खेत जानु पर्ने बाध्यताको अन्त्य गर्न आफुहरुले यही तालिमको आयोजना गरेको बताए । ३० दिनको तालिमले मात्र लोक सेवाको प्रबेशको लागि नपुग्ने भएता पनि त्यसका लागि केही अधार भने पक्कै हुने अपेक्षा आफुले लिएको बताउदै सबै जनाले तालिमको समापन सम्म नियमित रुपमा उपस्थित भएर तालिमलाई प्रभावकारी बनाउन आग्रह गरे ।

त्यसै तालिमको उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै गेरुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले पालिका भित्रका युवा युवतीहरुलाई सरकारी सेवामा लाग्न अभिप्रेरीत गर्न पालिकाले तालिमको आयोजना गरेको बताउँदै साथै ३० दिने तालिमले तौर तरिका मात्र सिकाउने हो अध्ययन गर्ने आफैले हो । महिलाहरुलाई सरकारी सेवामा लाग्न धेरै अवसर भएको बताउँदै पालिकाले तालिमका सहभागीहरको लागि अबिभावकको भुमिका खेलेको बताए । तयारी कक्षालाई उदृद गर्दै माछा मारेर दिनु भन्दा माछा मार्न सिकाउनु उपयुक्र्त भएको उनले थपे ।

तयारी कक्षामा जम्मा ३८ जना सहभागी रहेको तालिमको उद्घाटन सत्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा नम्बर २र ३ का वडा अध्यक्षहरु लगायत पालिकाका बिभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । तालिम शुक्रबार देखी ३० दिन सम्म सञ्चालन हुनेछ ।

बास नेपालका केन्द्रीय महासचिव खुमेश सुबेदीको अध्यक्षता आयोजना भएको उद्घाटन सत्रको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहोराले सञचालन गरेका थिए ।

  • ४ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech