दैलेखमा मिनि बस दुर्घटना

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको दुल्लू नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ ।

वीरेन्द्रनगरको कटकुवा जंगल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो । सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ ।

यस्तै, बसमा सवार अन्य घाइतेहरुको उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
घाइतेको संख्या र मृतकको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech