सार्बजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ५ बुद्धे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै खजुरा गाउँपालिकाको सार्बजनिक सनुवाई सम्पन गरेको छ ।
खजुरा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा आज खजुरा गाँउपालिकाको वडा नम्बर २ सितापुरमा सुनुवाई सम्पन्न भएको हो ।

सरोकारवाला र सहभागिहरुको बिचको भएको दोहोरो छलफलको अत्यमा गरिएका प्रतिबद्धताहरुमा पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि बिशेष योजना सन्चालन गर्ने, राजनिति मुक्त शैक्षिक क्षेत्रमा जोड दिने, गाँउपालिका भित्र सञ्चालीत गौरबका आयोजना निर्माणमा ढिलाई भईरहेकाले नियमित गर्न योजनाको कामलाई तिब्रता दिने तथा आर्थिक बर्ष २०८१÷०८२ भित्र कार्य सम्पन्न गर्ने गरी पहल गर्ने, परसपुर गौघाट सडक खण्डको काम सुचारु गर्नका लागि पालिकाको तर्फबाट आबश्यक सहजिकरण गर्ने, सार्बजनिक बिदाको समयमा कार्यलय प्रयोजन बाहेक सवारी साधनको प्रयोग नगर्ने र सवारी दूरुपयोग भएको सूचना प्राप्त भएमा आबश्यक कारबाही गर्ने, गाँउपालिका भित्र जोडिएका सिमा नाकाबाट हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्ने, पाकिाको सबै वडाहरुका जडान भएका केही हाईमाक्स लाईट नबल्ने गरेको गुनासो आएकाले त्यसका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहरिकण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईको शुरुवातमा गाउापालिकाले गरेका प्रगति तथा कार्यक्रमको बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले गरेका थिए भने नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कुमार कार्कीले गरेका थिए । सुनुवाईमा सहागिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ प्रमुख जवाफदेहि बक्ताको रुपमा गाँउपालिकाका अध्यक्ष डम्बर बिक, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले दिएका थिए । सुनुवाईमा झण्डै २०० बढीको सहभागीता रहेको थियो ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech