छाँयाछबि अवार्डबाट बासशाखा अध्यक्ष सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याइरहेका गायक तथा संगीतकार बास नेपालका झपा शाखा अध्यक्ष अर्जुन खरेललाई डि सिनेमा छाँयाछवि अवार्डबाट सम्मान गरिएको छ ।

नेपाल चलचित्र संघले आयोजना गरेको १५ औं डि सिनेमा छायाछवि नेसनल फिल्म अवार्ड २०८१ बाट खरेललाई राष्ट्रिय कलासंम्मान गरिएको हो ।

भद्रपुर १० केन्द्रमोड निवासी खरेल एक दशकयता निरन्तर गीत संगीतको क्षेत्रमा क्रियाशील छन् । उनले आधुनिक, लोक पप र चलचित्रका दर्जनौ उत्कृष्ट गीत गायन तथा संगीत सिर्जना गरिसकेका छन् ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech